इलाम :सञ्चार माध्यम र पत्रकारले पत्रकार आचारसंहिताको पालना गर्न आवश्यक रहेको इलाम सम्पन्न कार्यक्रमका सहभागीले बताएका छन । प्रेस काउन्सिल नेपालले बुधबार इलाममा आयोजना गरेको पत्रकार आचार संहिता तथा पत्रपत्रिका वर्गिकरण सम्बन्धी अन्तरक्रियामा सत्यतथ्य समाचार मात्र संप्रेषण गर्नु पर्ने समाचार गलत भए समाजलाई नकारात्मक अस्रर पुग्ने बताएका छन ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले सञ्चार माध्यमले सुधार गर्र्नुपर्ने र पत्रकार पनि समायानुसार दक्ष बन्दैै जानु पर्ने बताउनु भयो । नागरिकलाई सुुसुचित मात्रै होइन सचेत गराउदै आचारसंहिताको पुर्ण रुपमा पालना हुन जरुरी रहेको प्रजिअ पोख्रेलले जोड दिनुभयो ।
इलाम नगरपालिका ७ का वडाअध्यक्ष नरेश श्रेष्ठले सामाजिक संजाल , युटुव च्यानलहरुले गलत र भ्रामक सुचनाहरु दिएकोले समाजमा विकृती बढेको बताउनु भयो । त्यसलाई निगरानी गर्न राज्यले निती कानुनहरु बनाउनुपर्ने भन्नु भयो । पत्रकारको आचारसंहिता विपरीत हुने गतिविधीले नकारात्मक अस्रर पर्ने बताउनु भयो ।
प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोख्रेलले गुणस्तरीय सञ्चारको आवश्यकता भएको भन्दै पत्रकारले बुझन अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पत्रकारीतिाको विश्वास गुम्न नदिन सचेत हुनुपर्ने बताउनु भयो । सामाजिक सञ्जालको सदुुपयोग गर्न समेत आग्रह गर्नु भयो । पोख्रेलले युटुवको व्यवस्थापन गर्न नियमन र अनुुगनका लागि राज्यले प्रभावकारी नीति बनाउँनु पर्ने धारणा राख्नु भयो । अनलाइन सञ्चार माध्यमलाई समेत वर्गिकरण गर्ने नीतिको व्यवस्थपनमा लागेको बताउनु भयो ।
प्रेस काउन्सिल सदस्य ठाकुर बेलवासेले पत्रकार आचार संहिता साथै प्रेस काउन्सिलको काम कर्तव्य र अधिकार क्षेत्रको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रेस काउन्सिल नेपालका रहमतुल्ला मियाले प्रेस काउन्सिलको बारेमा साथै पत्रपत्रिका वर्गिकरणको प्रकृयाको बारेमा जानकारी दिनु भएको थियो ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लभ भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा सुरक्षाकर्मी , जनप्रतिनिधी , हुलाक कार्यलयका प्रतिनिधी स्थानीय पत्रिका तथा अनलाइन सञ्चालक, सम्पादक, लगायत विभिन्न सञ्चार माध्यममा आबद्ध संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया