इलाम : इलाममा स्थित नेपाली सेनाको रणशार्दूल गणले बृद्ध आश्रममा १६ थान दराज सहयोग गरेको छ । इलाम नगरपािलका १० राजदुवालीमा रहेको माई भगवती वृद्धाआश्रम बस्दै आएका १४ जना जेठ नागरिकहरुको लागि गणले दराज दिएको हो ।सामाजिक उतरदायित्व र नागरिक सैनिक सम्बन्ध सुढदीकरण सुधीढीकरण भन्ने अवधारण अनुसार समाजमा सकारात्मक सन्देशको लागि जेष्ठ नागरिकको लागि इलाम नै दराज तयार गरी वितरण गरिएको रणशार्दूल गणका गणपति सनिल सुवेदीले बताउनु भयो । नेपाली सेनाको ६ मुल्य मान्यता रहेको हुन्छ त्यो मध्ये एउटा निस्वार्थ सेवा रहेको उहाँको भनाई छ ।
गणको तर्फबाट ९ ओटा र गणपति सुनिल सुवेदीको परिवारको तर्फबाट ७ वटा काठको दराज आश्रममा हस्तान्तरण गरिएको छ । आश्रममा रहेका जेष्ठ नागरिकहरुको कपडा र सामानहरु राख्न समस्या भएको देखेपछि सेनाले दराज निमार्ण गरी उपलब्ध गराएको छ । आश्रममा हाल ९ जना पुरुष र ५ जना महिला गरी १४ जना बस्दै आएका छन ।
स्थानीय संघ संस्था तथा व्यक्तिहरुको पहलमा २०६२ सालमा स्थापना भएको वृद्धाआश्रममा दाताहरुले विभिन्न सहयोग पु¥याउदै आएका छन । माई भगबती बृद्ध आश्रमका संस्थापक तथा इलाम नगरपालिकाका उपप्रमुख बिष्णु दाहालले बृद्धआश्रम धेरै दुखका साथ स्थापना गरेको बताउनु भयो । अहिले यो अवस्थामा ल्याउन सफल बनेको र विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गर्दै आएको बताउनु भयो । नेपाली सेनाले दराज उपलब्ध गराएकोमा धन्यबाद दिदै दहालले नागरिक र सेना बिचको सम्बन्ध नजिक बन्दै गएकोमा खुशी व्यक्त गर्नु भयो ।
प्रतिक्रिया