logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जुविलेन्ट इलाइट सर्वोत्कृष्ट

    १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जुविलेन्ट इलाइट सर्वोत्कृष्ट


    इलाम , २५ फागुण :

    इलाम जिल्ला स्तरीय १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जुविलेन्ट इलाइट एकाडेमीले १४ स्वर्ण पदक सहित सर्वोत्कृष्ट बनेको छ । फाकफोकथुम गाउँपालिकामा विहिबार सम्पन्न भएको प्रतियोगितामा इलाम नगरपालिका बाट प्रतिनिधित्व गरेको जुविलेन्टले उसुमा ६ स्वर्ण जितेको छ भने तेक्वान्दोमो ४ स्वर्ण जितेको छ । त्यसैगरी एथ्लेटिक्समा ४ सय मिटर, २ सय मिटर ८ सय र रिले दौडमा १/१ गरी ४ स्वर्ण जितेको छ ।

    फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले जुविलेन्टका प्रिन्सिपल भुषान्त सुब्बालाई शिल्ड प्रदान गर्नु भएको थियो । जुविलेन्टले यस अघि ११ औ र १२ औ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि समेत जितेको थियो । फाकफोकथुम गाउँपालिका ३ स्थित श्री सिंहदेवी माविको खेलमैदानमा प्रतियोगिता संचालन भएको थियो ।

    खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा फाकफोथमु गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । विगत वर्षहरुमा इलाम सदमुकाममा मात्रै संचालन गरिदै आएको प्रतियोगिता यस पटक सदरमुकाम बाहिर आयोजना गरिएको हो ।

    प्रतियोगिता संचालन गर्न फाकफोकथुम गाउँपालिकाले व्यवस्थापनको जिम्मा लिएको छ । खेलाडी र व्यवस्थापक टिमलाई व्यवस्थापनका लागि पालिकाले स्थानीय होटल तथा एक सय घरहरुमा बास र खानाको व्यस्था गरको थियो ।



    निगरानी संवाददाता    
  • २०७९ फाल्गुन २५, बिहीबार १७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP