इलाम नगरपालिका ८ द्वारा ज्येष्ठ नागरिकको स्वास्थ परिक्षण र न्यानो कपडा वितरण

इलाम नगरपालिका ८ द्वारा  ज्येष्ठ नागरिकको स्वास्थ परिक्षण र न्यानो कपडा वितरण

इलाम : इलाम नगरपालिका वडा न ८ ले ज्येष्ठ नागरिकको स्वास्थ परिक्षण र न्यानो कपडा वितरण गरेको छ । जाडो मौसम शुरु भएसंगै वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै ७५ वर्ष देखि ८० बर्ष सम्मका माथिका ६३ जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष दलमान तामाङले बताउनु भयो ।

एक कार्यक्रमबिच सोमबार चिसोमा न्यानो कपडा लागाई जोगिन कपडा बितरण साथै स्वास्थ परिक्षण गरिएको हो । कार्यक्रममा लोकगायक देवि गौतम लगायतको उपस्तिथिमा नाजगान गरि जेष्ठ नागरिकलाई मनोरञ्जन समेत गराइएको छ ।

स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष दलमान तामाङले जानकारी दिनु भयो । कार्यक्रम इलाम नगरपालिकाका उपप्रमुख बिष्णु दाहालको प्रमुख आतिथ्यता र वडा अध्यक्ष दलमान तामाङको अध्यक्षतामा भएको थियोे ।