logo
  • २०८२ बैशाख ५ | Fri, 18 Apr 2025
  • सञ्चारकर्मी न्यौपानेद्धारा खाद्यान्न वितरण

    सञ्चारकर्मी न्यौपानेद्धारा खाद्यान्न वितरण

    इलाम । सञ्चारकर्मी राजीप न्यौपानेले इलाम नगरपालिका ९ का १७ जना डेरावाला र मजदुरी गरेर गुजारा चलाउने व्यक्तिलाई खाद्यान्न वितरण गरेका छन् । न्यौपानेले वाड न ९ को साजबोटे, थिङ गाउँ , शेरा, गोल बस्ती लगायतका क्षेत्रका आर्थीक अवस्था कमजोर भएकाहरुलाई सहयोग गरेको बताए ।
    श्रम गरेरखाने नागरिकलाई लकडाउनको समयमा पेटपाल्न समेत समस्या परेकाले सहयोग गरेको बताए । उनले समस्या थपिए फेरी वितरण गर्ने तयारी गरेको समेत जानकारी दिए । उनले सरकारले वितरण् गरेनभने सो स्थानका सर्वसाधारणलाई तेल लगायतका सामग्री समेत वितरण गर्ने बताए । पहिलो चरणमा उनले १० हजार भन्दा माथीको सामग्री वितरण गरेका हुन् । उनले भने ‘यसले उनीहरुको केहिदिन गुजारा चल्छ, त्यसपछि पनि सरकारले हेरेन भने थप सहयोग गर्छु ।’ न्यौपानेले यस अघि इलाम नगरपालिका ९ गोलाखर्कको भगवती माध्यमिक विद्यालयमा सरस्वतीकाे मन्दिर निर्माणका लागि ६ हजार ५५५ रुपयाँ सहयोग गरेका थिए । न्यौपाने निगरानी डटकमका सञ्चालक हुन् ।



    निगरानी    
  • २०७६ चैत्र २१, शुक्रबार १५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP