चट्याङ लागेर इलाममा एकजनाको मृत्यु

चट्याङ लागेर इलाममा एकजनाको मृत्यु

इलाम : चट्याङ लागेर इलाममा एकजनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर  इलाम नगरपालिका ९ भञ्ज्याङका ३६ बर्षिय सुनील गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको भान्सा कोठामा काम गर्दै गरेको अवस्थामा बिहान वर्षा संगै परेको चट्याङको आवजले वेहोस भएको प्रहरीले जनाएको छ । उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याई उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।