इलाम नगरकपको सेमिफाइनल समीकरण पुरा

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
इलाम नगरकपको सेमिफाइनल समीकरण पुरा


इलाम माघ ३ :  इलाम सदरमुकाममा जारी इलाम नगरकपको सेमिफाइनल समीकरण पुरा भएको छ । मंगलबार भएको खेलमा  वडा नम्बर ५ सेमीफाइनल प्रवेश गरेको छ ।  अन्तिम क्वाटरफाइनलमा वडा नम्बर १० लाई ४-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ ले अन्तिम चारको यात्रा तय गरेको हो ।वडा नम्बर ५ को जितमा आशिष राई, आदर्श गुरुङ र मिलन लिम्बुले गोल गरे । खेलको पहिलो मिनेटमा नै आशिष राईको गोलबाट वडा नम्बर ५ ले अग्रता लिएको थियो । खेलको २३ औँ मिनेटमा आदर्श गुरुङले गोल गर्दै अग्रता दोव्वर बनाएका थिए । खेलको ५२ औँ मिनेटमा आशिष राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को स्कोरमा पुर्‍याए ।
खेलको ५७ औँ मिनेटमा मिलन लिम्बुले गोल गदै ४-० को जित दिलाए । खेलको मेन अफ दि म्याच विजयी टिमका मिलन लिम्बु घोषित भए ।
बुधबार प्रतियोगिताको सेमीफाइनल चरणको खेल सुरु हुनेछ । पहिलो सेमीफाइनलमा वडा नम्बर ९ र वडा नम्बर ३ भिड्ने छन् । बिहीबार दोश्रो सेमीफाइनलमा वडा नम्बर ५ ले वडा नम्बर ७ को सामना गर्नेछ ।इलाम नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल ७ माघमा हुनेछ ।