logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • कोरीया पठाउने भन्दैे तालिम चलाउने विरुद्ध ‘एक्सन’

    कोरीया पठाउने भन्दैे तालिम चलाउने विरुद्ध ‘एक्सन’

    इलामःकरिब तीन महिना लामो मौनता पछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिइभिटी)ले इलामका युवालाई कोरिया पठाउने भन्दै तालिम प्रदान गरेको झापाको विर्तामोड नगरपालिका ९ मा कार्यालय रहेको मुस्कान इन्जिनियरिङ्ग टेक्निकल इन्स्टिच्यूटलाई स्पष्टीकरण सोधेको छ ।
    सो इन्स्टिच्यूटसंग करार गरेको भन्दै एस स्किल ट्रेनिङ सेन्टरले इलाममा ४२५ जनालाई तालिम दिएको थियो ।
    सिटिइभिटिले स्वयं उपस्थित भएर सातदिन भित्र स्पष्टीकरण दिन सोमबार पत्रचार गरेको हो । सिटिइभिटीले त्यस इन्टिच्यूटको नाममा सम्बन्धन स्वीकृति लिएको छोटो अवधिको ५५० घणको एसिस्टेन र मेटल वर्क हेल्पर (३६७ घण्टाको )तालीम कार्यक्रम परिषद् कार्यालयको अनुमति वेगर एस स्किल ट्रेनिङ सेन्टर इलाम ७, टुडिखेल इलामसँग सम्झौता गरी तालीम सञ्चालन गरेको देखिएकाले तत् सम्बन्धमा पत्र पाएको मितिले ७ दिन भित्र स्वयं उपस्थित भै चित्त बुझ्दो पुप्टाई सहितको लिखित स्पष्टिकरण पेश गर्न भनेको छ ।


    सिटिइभिटीले चित्त बुझ्दो जवाफ नआए अन्यथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, नियमावली २०५१ संशोधन सहितको परिच्छेद ५ र प्राविधिक शिक्षा तथा व्यावसायिक तीम परिषद्, प्राविधिक तथा व्यावसायिक शिक्षा र तीम कार्यक्रम सम्वनधन कार्यविधि २०७८ को परिच्छेद ४ मा भएको व्यवस्था अनुसार सम्बन्धन स्थगन वा रद्ध गर्ने र अन्य प्रचलित ऐन नियम अनुसार कारवाही हुने चेतावनी समेत दिएको छ ।


    इलामका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोख्रेलले इलाममा सञ्चालीत तालिम अबैद्य रहेको भनी प्रशासनले बैशाख २५ मा कारवाहिको लागि सिटिइभिटीलाई पत्राचार गरेको जानकारी दिए ।
    इस अघि बैैदेशीक रोजगार विभागका महानिर्देशक मदन दहालले इलामका प्रमुख जिल्ला अधिकारी पोख्रेललाई फोन गरेर बैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गरेको लिखित गुनासो , अन्य कुनै प्रमाण सहितको बिवरण संकलन गरि बिभागमा पठाई दिन भनी अनुरोध गरेका थिए ।


    इलामका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र करदाता सेवा कार्यालय इलामका प्रमुख तथा प्रतिनिधिहरूको टोलीले सुरूमा अनुगमन गरेको थियो ।
    अनुगमनपछि तालिम केन्द्रका प्रोप्राइटर सुरेन्द्रकुमार राईलाई तालिम सञ्चालनको अनुमति पत्र लगायत सम्बन्धित कागजहरू ७ दिनभित्र पेश गर्न निर्देशन दिइएको थियो । एस स्किल ट्रेनिङ सेन्टरले अनुगमन पछि विज्ञप्ति निकालेर तालिमका लागी सबै प्रकारको अनुमती लिएको दावी गरेको थियो । प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार कागजात पेश गर्न समय दिएपनि सेन्टरले कागजात बुझाउन सकेन । सेन्टरले झापाको कुनै कम्पनीसंगको करार पत्र पेश गरेको थियो । पोख्रेलले भने ‘सेन्टरले हामीलाई चाहिने कागज पेश गर्न सकेन, झापा तिर सञ्चालन अनुमती पाएको एउटा तालिम संस्था संघको करार गरेको कागत पेश ग¥यो, जन कानुन सम्वत हुदो रहेनछ ।’


    प्रशासनले प्रमाण सहित कागजात पठाएपनि सिटिइभिटीले कारवाहि गर्न ढिलाइ गरेको थियो ।
    सुरूमा प्रतिव्यक्ति ९१ हजार एक सय रुपैयाँ उठाएर तालिम गराएको सेन्टरले थप रकम नलिएको दावी गरेको छ ।
    उक्त केन्द्रले तालिममा सहभागीहरूलाई चरणचरण गरी काठमाडौं लगेको छ । ‘स्किल टेस्ट’ का नाममा त्यहाँ पनि रकम अशुलेको पिढीतको गुनासो छ । श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयले विज्ञप्ति निकालेर बैदेशिक रोजगारमा जान गरिने सबै कृयाकलाप विभागमा दर्ता भएको सस्थाले मात्रै पाउने प्रष्ट पारेको छ ।



    Avatar निगरानी    
  • २०८० श्रावण २४, बुधबार ०३:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP