इलाम माघ ९ : पाँचथर युुवा क्लब इलाममा जारी इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटबलको लुम्बिनी युवा क्लबलाई टाइब्रेकरमा ४-३ ले बाजि मार्दै अन्तिम चारमा प्रवेश गरेको छ । निर्धारित समयमा २-२ गोलको बराबरी भए पछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
खेलको चौथो मिनेटमा पाँचथरका असोक खवासले प्रहार गरेको फ्री किक रोसन आङ्देम्बे गोलमा परिणत गरिदिए ।पाँचथरका सिमान्त थापा ३९ औ मिनेटमा दोस्रो गोल गरे । स्टेफेम नाइम ३६ औ मिनेटमा गोल गरि लुम्बिनीको खाता खोले । लुम्बिनीका तर्फबाट मार्टिनले ५१ औ मिनेटमा फ्रीकिकको अवसर सदुपयोग गर्दै खेल बराबरी बनाए ।
आजको म्यान अफ द म्याच पाँचथरका रोशन आङ्देम्बे बने । उनलेे नगद ५ हजार प्राप्त गरे । पाँचथरले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ । आयोजक रेडहर्ष फुटबल क्लब र एनआरटीको भोलिको सेमिफाइनलमामा भेट हुनेछ ।प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ ।
विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया