logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • १३ औ राष्ट्रपति रनिङ शिल्डको उपाधी इलाम नगरलाई

    १३ औ राष्ट्रपति रनिङ शिल्डको उपाधी इलाम नगरलाई


    इलाम , २५ फागुण :इलाम जिल्ला स्तरीय १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ज्ुाविलेन्ट इलाइट एकाडमीको १४ स्वर्ण सहित २४ स्वर्ण, ७ रजत र १० काँस्य सहित इलाम नगरपालिका जितेको छ ।

    फाकफोकथुम गाउँपालिका ३ स्थित श्री सिंहदेवी माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा चुलाचुली गाउँपालिका दोश्रो बनेको छ । ९ स्वर्ण, ८ रजत र ५ काँस्य सहित ६ स्वर्ण, ६ रजत र १० काँस्य पदक सहित सूर्योदय नगरपालिकाकाले तेश्रो स्थान हासिल गरेको छ । ५ स्वर्ण, ७ रजत र ४ काँस्य सहित फाकफोकथुम गाउँपालिकाले चौथो स्थान हासिल गरेको छ ।


    ३ स्वर्ण, १ रजत र ५ काँस्य सहित देउमाई नगरपालिकाले पाँचौ स्थान हासिल गरेको छ । २ स्वर्ण, ५ रजत र ५ काँस्य सहित रोङ गाउँपालिकाले छैटौ स्थान हासिल गरेको छ । २ स्वर्ण २ रजत र २ काँस्य सहित माईजोगमाई गाउँपालिकाले सातौ स्थान हासिल गरेको छ ।


    १ स्वर्ण, ५ रजत र ८ काँस्य सहित माई नगरपालिकाले आठौ स्थान प्राप्त गरेको छ । ३ रजत र २ काँस्य सहित माङसेबुङ गाउँपालिका नवौ र २ रजत पाएको सन्दकपुरले १० औ स्थान हासिल गरेको छ ।
    जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा फाकफोथमु गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । विगत वर्षहरुमा इलाम सदमुकाममा मात्रै संचालन गरिदै आएको प्रतियोगिता यस पटक सदरमुकाम बाहिर आयोजना गरिएको हो । प्रतियोगिता संचालन गर्न फाकफोकथुम गाउँपालिकाले व्यवस्थापनको जिम्मा लिएको छ । खेलाडी र व्यवस्थापक टिमलाई व्यवस्थापनका लागि पालिकाले स्थानीय होटल तथा एक सय घरहरुमा बास र खानाको व्यस्था गरको थियो । १४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङ गाउँपालिलाई झण्डा हस्तान्तरण गरिएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ फाल्गुन २५, बिहीबार १७:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP