इलाम , माघ ११ :बिर्तामोड युनाइटेड झापा इलाममा जारी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै बिर्तामोड युनाइटेड उपाधी होडमा पुगेको छ।
इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगितामा निर्धारित समयमा दुवै टीमबाट गोल हुन सकेन । खेलको निर्णय टाइब्रेकर बाट भएको हो । उपाधीका लागि न्युरोड टीम एनआरटी संग प्रतिस्पर्धा हुनेछ । फाइनल खेल माघ १३ गते शनिबार हुनेछ ।
आजको म्यान अफ द म्याच बिर्तामोड युनाइटेडका सन्जित राई बने । उनलेे नगद ५ हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया