इलाममा आयोजित भलिबल प्रतियोगितामा आर्मी ,एपिएफ र गण्डकीको विजयी सुरुवात

इलाममा आयोजित भलिबल प्रतियोगितामा आर्मी ,एपिएफ र गण्डकीको विजयी सुरुवात

इलाम ,चैत ४

इलाममा वुधवारबाट दोस्रो संस्करणको ‘इलाम आमन्त्रण खुल्ला भलिबल प्रतियोगिता’ सुरु भएको छ । प्रतियोगितामा विभागीय टीम त्रिभुवन आर्मी एपिएफ क्लबल र गण्डकीक प्रदेशले विजयी सुरुवात गरेका छन । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले सुखद सुरुवात गरेको छ । आर्मीले विमान ट्रेडर्स बिर्तामोड झापालाई समग्रमा ३–२ को सेटमा हराएको छ । प्रतियोगिताको पहिलो सेटमा आर्मीले बिमानलाई २५–१७ को सेटमा हरायो भने दोस्रोमा बिमानले आर्मीलाई २५–१८ को सेटमा हरायो । तेस्रोमा आर्मीले बिमानलाई २५–१८ को सेटमा हराउँदा चौथोमा बिमानले आर्मीलाई २५–२१ को सेटमा स्तब्ध पारयो । प्रतिष्पर्धामक बनेको खेलको निर्णायक सेटमा भने आर्मीले बिमानलाई १५–८ को सेटमा हराएर बिजयी सुरुवात गरेको हो । बिमान ट्रेडर्स बिर्तामोडबाट भारत कोलकत्ताका खेलाडीहरु थिए । उक्त टिममा भारतका राष्ट्रिय टिममा आबद्ध खेलाडी हुँदा त्रिभुवन आर्मी क्लबमा पनि राष्ट्रिय खेलाडीहरु थिए । यस्तै आजै सम्पन्न दोस्रो खेलमा बिभागीय टिम एपिएफ क्लबले अर्को चिरपरिचित बिभागीय टोलि पुलिसमाथि पनि समग्रमा ३–२ को सेटले हराएर सुखद नतिजा निकालेको छ । पहिलो र दोस्रो सेटमा एपिएफले पुलिसलाई लगातार २६–२४ र २५–२२ को सेटमा हराउँदा तेस्रो र चौथोमा पुलिसले एपिएफलाई लगातार २५–१८ र २५– १६ को सेटमा हराएर २–२ को बराबरी बनाएको थियो । तर निर्णायक खेलमा भने एपिएफले पुलिसमाथि १५–१० को सेटमा हराएर बिजय यात्रा प्रारम्भ गरेको छ । नेपाली राष्ट्रिय टिमका कप्तान इम राना सम्मिलित नेपाल पुलिस क्लब र एपिएफ क्लब दुबै बिभागिय टिममा अधिकाँश राष्ट्रिय स्तरका खेलाडीहरु सामेल थिए । यस प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ क्लब, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशलाई उपाधि दाबेदार टिमको रुपमा हेरीएको छ । पहिलो संस्करणमा गण्डकी प्रदेशले उपाधि हात पारेको थियो । देशका हरेक ठूला प्रतियोगितामा यीनै चारवटा भलिबल क्लबको दाबेदारी रहने गरेको छ । यी टिमहरु एक–आपसमा चिरपरिचित प्रतिद्धन्दी पनि हुन् । जिल्ला भलिबल संघ इलामले आयोजना गरेको प्रतियोगितामा सात टिमले सहभागिता जनाएका छन् । लिग कम नकआउटका आधारमा सुरु भएको प्रतियोगिताको फाईनल खेल आउँदो चैत ८ गते हुनेछ । सदरमुकाममा सञ्चालन भएको प्रतियोगितामा सात टिमलाई दुई समूहमा बिभाजन गरीएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरदह नगर खेलकुद बिकास समिति झापा र गण्डकी प्रदेश रहेका छन् । यस्तै समूह ‘बी’ मा एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब झापा रहेका छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । सदरमुकामको ठूलो टुडिखेलमा सञ्चालित प्रतियोगिताको बिजेताले दुईलाख एकहजार र उपबिजेताले एकलाख एकहजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै तेस्रो हुने टिमले नगद ५० हजार रुपैंयाँ पाउनेछ । प्रतियोगिताको बिजेता टिमलाई इलामका युवा समाजेवी डम्बर खड्का र उपविजेता टिमलाई डिल्लि खनाल र गौतम गुरुङ्गले पुरस्कार प्रायोजन गर्नुभएको छ । यस्तै जिल्लाका स्थानीय सरकार सहित प्रदेश सरकार र अन्य बिभिन्न क्षेत्रबाट पनि प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग जुटेको आयोजक जिल्ला भलिबल संघका अध्यक्ष डाकप्रसाद गौतमले बताउनुभयो । प्रतियोगितामा २० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । यसैबीच प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको बिकासका निम्ति प्रदेश सरकार निकै गम्भिर भएको बताउनु भएको छ । उहाँले खेलाडीहरु अझैपनि खेल क्षेत्रबाट ब्यबसायिक बन्न नसकेको गुनासो आइरहेकोले खेलाडीलाई ब्यबसायीक बनाउनका साथै प्रदेश १ भरी खेलकुदका संरचनाहरु ब्नाउन प्रदेश सरकार लागेको बताउनुभयो । मन्त्री कार्कीले इलाममा ब्यबस्थित खेल मैदान नभइरहेको अवस्थामा आफूले इलामनगरपालिकाका मेयर र जिल्ला समन्वय समितिका प्रमुखलाई खेल मैदानको लागि जग्गाको ब्यबस्थापन गर्न आग्रह गरीसकेको जानकारी गराउनु भयो । उहाँले जग्गा ब्यबस्थापन भइसकेपछि इलाममा सुबिधा सम्पन्न खेलमैदान बनाउन प्रदेश सरकारले लगानी गर्ने बताउनु भयो । यसैबीच इलाममा जन्मिएर भलिवल खेलको माध्यमबाट योगदान पुर्याएको भन्दै विनिता बुढाथोकीलाई जिल्ला भलिबल संघ इलामले सम्मान गरेको छ ।

नगद आठ हजार सहित सम्मापत्रले सम्मान गरिएको संघका सहसचिव प्रकाश दुलालले बताउनु भयो । माङसेबुङ १ गजुरमुखीकी बुढाथोकी हाल सशस्त्र प्रहरीबल काठमाण्डौको महिला भलिवल टालीकोे क्याप्टेन हुनुहुन्छ । बुढाथोकीले नेपालको राष्ट्रिय टिमबाट साफगेम विज भलिबलमा काश्य पदक भित्र्याउनु भएको थियो ।