इलाम फागुन १८ : नेपाल पुलिस क्लब दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । क्लब ओएसिस इलामको आयोजनामा इलामको ठूलो टुडिखेलमा जारी प्रतियोगितामा आइतबार सम्पन्न खेलमा बागमती युथ क्लब काठमाडौलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
निर्धारित समयमा दुवै टीम बाट गोल हुन नसकेपछि टाइब्रेकरमा धकेलिएको हो । खेलको प्लेयर अफ द म्याच क्लब पुलिसको गोलरक्षक उसानाथ घोषित भइन । उनले नगद पाँच हजार प्राप्त गरिन ।
फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीम सहभागी छन । नेपालको विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब सहभागी हुदैछन । यसैगरी पदमा स्पोटिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओएसिस सहभागी हुदछन भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र मदरटेरेसा फुटबल क्लब सहभागी हुदैछन ।
प्रतियोगिताको विजेताले नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख बढी अनुमानित लागत रहेको आयोजकले जनाएको छ ।
भोलिको खेल डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब भारत र विभागीय टीम त्रिभुवन आर्मी क्लब काठमाडौ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया