logo
  • २०८२ असार २८ | Sat, 12 Jul 2025
  • रग्बी संघ इलाम अध्यक्षमा गंगा फियाक

    रग्बी संघ इलाम अध्यक्षमा गंगा फियाक

    इलाम: इलाम जिल्ला रग्बी संघ गठन भएको छ । आर्ईतबार इलाम सदरमुकाममा भएको भेलाबाट गंगा फियाक (बिजु)को अध्यक्षतामा११ सदस्यीय जिल्ला संघ गठन भएको छ । उपाध्यक्षमा कमल दुलाल , सचिवमा विपिन पोख्रेल , कोषाध्यक्ष विनिता अछामे चयन भएका छन् । सदस्यहरुमा शम्भु राई, दिनेश निरौला, लिला लिम्बू, सुगम खत्रि, मनोज दुलाल, प्रविन सुवेदी, गोमा प्रधान चयन भएका छन् । त्यस्तै प्रदेश र केन्द्रीय प्रतिनिधि छनौट समेत भएको नवनिर्वाचित संघका अध्यक्ष गंगा फियाकले बताउनु भयो । कार्यक्रममा इलाम जिल्ला खेलकुद बिकास समिति अध्यक्ष खगेन्द्र वास्तोला, कार्यलय प्रमुख नारायण भट्टराई, खेलकुद बिकास समिति सदस्य जीवन घिसिङ, भलिवल संघ इलाम अध्यक्ष प्रविण गुरुङ, जिल्ला जुडो संघ इलामका उपाध्यक्ष बिक्रम लिम्बू, इलाम जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष प्रकाश परियारको उपस्थिती रहेको थियो ।



    निगरानी संवाददाता    
  • २०७९ असार १३, सोमबार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP