इलाम , माघ ७ :
इलाममा शनिबारदेखि देखि सुरु भएको प्रथम इलाम गोल्डकपमा आज हुने दोश्रो क्वाटरफाइनल खेलमा इटहरीको राष्ट्रिय जागृति क्लबले झापाको विर्तामोड युनाइटेडसंग प्रतिस्पर्धा गर्नेछ ।
शनिबार सम्पन्न उद्घाटन खेलमा आयोजक रेडहर्ष फुटबल क्लब बिजयी भएको छ । रेडहर्स नवयुग श्रेष्ठको ह्याटि्रक संगै सेमिफाइनल प्रवेश गरिसकेको छ । इलाम सदरमुकामस्थित ठुलो टुँडिखेलमा सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विदेशी टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो । नवयुग श्रेष्ठको ह्याटि्रक र उत्सव राईको एक गोल सहित सानदार जीत निकालेको थियोे । नवयुग खेलमा म्यान अफ द म्याच बनेका थिए । उनले नगद ५ हजार प्राप्त गरे ।
प्रतियोगितामा एक विदेशीसहित आठ टिमको सहभागिता रहेको छ ।
विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ ।
प्रतिक्रिया