logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • साना सिंचाइ आयोजना निर्माण अन्तिम चरणमा , किसान उत्साहित

    साना सिंचाइ आयोजना निर्माण अन्तिम चरणमा , किसान उत्साहित



    सुनिता मगर , इलाम : आर्थिक वर्ष २०८१र८२ साना सिंचाइ कार्यक्रममार्फत  इलाम नगरपालिकामा  सञ्चालित सबैभन्दा ठुलो सिंचाइ आयोजना अनुगमन गरिएको छ । अनुगमनमा वडा नं ५ को भोर्लेनी कुलो सिराने सिंचाइ योजना र वडा नं १ को झुत्रेखोला कोल्बोटे सिंचाई योजनाको प्रगति अवलोकन गरिएको हो।  

    अनुगमन टोलीमा इलाम नगरपालिकाकी उपमेयर विष्णु कुमारी लिम्बु दाहाल, वडा नं ५ का अध्यक्ष काजी बहादुर श्रेष्ठ, वडा नं १ का अध्यक्ष गायत्री राम बस्नेत, इलाम नगरपालिकाका इन्जिनियर तथा फोकल पर्सन वासुदेव पोख्रेल, साना सिँचाइ आयोजनाको केशव लामा र इलामका सञ्चारकर्मीहरुका टोलीले  अनुगमन गरेका थिए ।

     भोर्लेनी कुलो सिराने सिंचाइ योजना वडा नं  ५ को यो योजना सतही सिँचाइ प्रणलीमा आधारित छ, जसबाट करिब १४० रोपनी खेतियोग्य क्षेत्रफल सिँचित हुनेछ । लाभान्वित घरधुरी संख्या १९, सिँचाइ कुलोको लम्बाइ १२७१ मिटर, पानीको मुहान भोर्लेनी खोला पानीको बहाब ७.६६ लिटर, सम्झौता रकम ४१,०३,३४५.३३,सम्झौता मिति २०८१र०८र०४,सम्पन्न गुर्नपर्ने मिति २०८२र०३र२५ रहेको छ । प्रस्तावित मुख्य मुख्य भौतिक पूर्वाधारहरु इन्टेक २ स्थान, दुईतर्फि पक्की कुलो ८४१ मिटर, भिलेज रोड ब्रिज ३ स्थान, पाइप कनेक्सन च्याम्बर १ स्थान, क्यासकेड ड्रम १ स्थान, पैदल पुल ८ स्थान, आउटलेट ४ स्थान, डिभिजन वक्स १स्थान ग्याविन जाली वाल २८ घ.मि. मेशिनरी वाल १ स्थान रहेको छ ।

    झुत्रेखोला कोल्बोटे सिंचाई योजना वडा नं १ को यस योजनाले ४२० रोपनी खेतमा सिंचाइ सुविधा पुर्याउनेछ । लाभान्वित घरधुरी संख्या ५४र१८८, कुलो लम्बाइ २३७८ मिटर,  पानीको मुहान झुत्रेखोला पानीको बहाब ५६.२४ लिटर प्रति सेकेण्ड, सम्झौता मिति २०८१र०८र०५ सम्मपन्न गर्नुपर्ने मिति २०८२र३र२५ रहेको छ । मुख्य भौतिक पूर्वाधारहरु इन्टेक १स्थान, दुईतर्फि पक्की कुलो १८३५ मिटर, कच्चि कुलो ४३४मिटर, भिलेज रोड ब्रिज २ स्थान, पाइप कनेक्सन च्याम्बर २ स्थान, पाइप कुलो ३१ मिटर, क्यासकेड ड्रम ३ स्थान, पैदल पुल ८ स्थान, डिभिजन वक्स १ स्थान, ग्याविन जाली वाल ७० घ.मि., मेशिनरी वाल २६, सुख्खा वाल १ स्थान रहेको छ।
    दुवै योजना प्रगति ९९ प्रतिश सम्पन्न भईसकेका छन् ।लागत तथा बाँडफाडँ संरचना दुवै परियोजना स्विस सरकारको ३० प्रतिशत, संघिय सरकारको २० प्रतिशत, कोशी प्रदेश सरकारको २० प्रतिशत र जल उपभोक्ता संस्थाको १० प्रतिशत लागतमा भएको हो ।
    अध्यक्ष काजी बहादुर श्रेष्ठले ईलाम नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै आएको र कृषकहरुको उत्थानले राष्ट्रिय अर्थतन्त्रमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । झुत्रेखोला कोल्बोटे सिंचाई योजनाबारे अध्यक्ष गायत्री राम बस्नेतले वडा नं १को विशेषगरी तल्लो भेगका किसानका लागि यो हिउँदमा कृृषी बाली लाउन नपाई रहेको अवस्थामा बरदान नै साबित भएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

    हिउँदे बालीलाई धेरै राम्रो हुने बताउँछन स्थानिय उपभोक्ता गिता बहादुर लिम्बु त्यस्तै अर्का स्थानिय घनेन्द्र श्रेष्ठले पनि धेरै फाईदा भएको १२ महिनस नै अब पानी हुने हुदाँ खुशि भएको बताउँछन् । प्रत्यक्ष लाभान्वित भएको यहाँका उपभोत्ताहरुहले बताएका छन् । 



    निगरानी    
  • २०८२ जेष्ठ ३०, बिहीबार १७:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP