लाप्चा बस्तीमा शिविर

इलाम:इलाम नगरपालिकाकाे अायाेजना तथा इलाम अस्पताल र अाैषधि व्यवसायी संघ इलामकाे प्राविधिक सहयाेगमा इलाम नगरपालिका वडा नं. १० काे नारायण प्रा.वि.मा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएकाे हाे । १० नं. वडाका वडाअध्यक्ष राेम लुङ्गेलीकाे अध्यक्षतामा भएकाे शिविरकाे उदघाटन प्रमुख अतिथि नगर प्रमुख महेश बस्नेतले गर्नुएकाे हाे कार्यक्रममा नगर उपप्रमुख, ९ नं. वडाध्यक्ष लगायतकाे उपस्थिति रहेकाे शिविरमा वडा नं. लगायत सूर्याेदय न.पा. तथा माइ जाेगमाइ गा.पा. का ५०० भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका थिए जसमध्ये ४३ जना लाप्चा समुदायका रहेका छन । शिविरमा स्त्री राेग सम्बन्धि परिक्षण गराउने ६४ जना मध्ये २९ जनाले पाठेघर मुखकाे क्यान्सर परिक्षण गराएकाेमा १ जनामा पाठेघर क्यान्सर पाजेटिभ देखिएकाे त्यसै गरि १५३ जनाले अाँखा परिक्षण गराए जसमघ्ये ७ जनामा माेति बिन्दु देखिएकाे स्वास्थ्य संयाेजक रमन्ता पाैडेलले जानकारी दिनु भयाे । यस्तै अन्य सेवाहरू दन्त सेवामा १५३ , ६४ जना मधुमेय र १२१ जनाले समान्य चिकित्सा सम्बन्धि परिक्षण गराएका थिए ।