इलाममा ‘सेफ हाउस ’ निमार्ण गर्न जोड

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

इलाम जिल्लामा हिंसा पिडितहरुलाई आश्रय दिने ‘सेफ हाउस ’ बनाउनुपर्ने महिला अधिकारकर्मीहरुले माग गरेका छन । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंगलबार जिल्ला प्रहरी कार्यलय इलामले आयोजना गरेको अन्तरकृया कार्यक्रमका सहभागीले इलाममा सेफ हाउस अति आवश्यक रहेको बताएका छन । महिला जागरण संघकी अध्यक्ष विष्णु दहालले इलाममा ‘सेफ हाउस ’ निमार्ण गर्न पटक पटक आवज उठाएको भएपनि त्यसतर्फ कसैले पहल नगरको बताउनु भयो । महिला बालबालिका कार्यलय नहुदा महिलाका समस्या समाधानमा खासै काम हुन नसकेको बताउनु भयो । कार्यलय स्थापनाका लागि जिल्लाका सांसदहरुलाइ समेत पहल गर्न अनुरोध गरेको । कानुन व्यवसायी विद्या सापकोटाले महिला बालबालिका कार्यलय नभपछि स्थानीय सरकारले त्यसको जिम्बेवारी लिएर प्रभावकारी रुपमा काम गर्न नसकेको बताउनु भयो । स्थानीय सरकारको मातहतमा रहेको महिला सम्बन्धी काम गर्ने संयन्त्र बलियो बनाउनु पर्ने र त्यही संयन्त्र मार्फत सेफ हाउस संचालनमा ल्याउनु पर्ने सापकोटाको धारणा छ । कानुन व्यवसायी टिका भारद्धजले मादक पर्दाथ सेवनका कारण इलाममा महिला माथि धेरै हिंसा हुने भएकोले नियन्त्रण गर्न सबै मिली लाग्नु पर्ने बताउनु भयो । मादक पर्दाथको कारण घरेलु हिंसा बढेकाले सम्बध विच्छेद पनि बढ्दो दरमा रहेको भारद्धजले बताउनु भयो । सेफ हाउस नभएपछि हिंसामा परेका महिलाले झन धेरै समस्या भोग्नु परेको बताउनु भयो ।
जिल्लामा महिला हिंसा न्युनीकरण गर्न लैङ्गिक हिंसा नियन्त्रण संजाल मार्फत गतिविधीहरु संचालन गरी रहेको जिल्ला प्रहरी कार्यलय प्रमुख एसपी हिरा बहादुर पाण्डेले बताउनु भयो । हिंसा न्युनीकरण गर्न महिला अधिकारकर्मी , सरोकावाला निकाय , स्थानीय सरकार , प्रहरी संचार कर्मी सबैैको सहकार्य हुन आवश्यक रहेको बताउनु भयो । इलाममा प्रहरी कार्यलय पशुपतिनगर र जिल्ला प्रहरी कार्यलयमा मात्र मुद्धा हेर्ने युनिट रहेको बताउनु भएको छ ।
इलाम नगरपालिकाका उपप्रमुख सुशिला नेम्वाङले नगरपालिकाले इलाममा सेफ हाउस निमार्ण गर्न पहल सुरु भएको बताउनु भएको छ ।बाल मन्दिरको पुराने भवनमा निकट भविष्यमा सेफ हाउस संचालन गर्न संघीय सरकार सँग पहल थालिएको बताउनु भयो । नगरपालिकामा महिला समिति मार्फत महिलाका सवालहरु सम्बोधन गर्न नगरपालिकको सबै वडामा महिला समिति सकृय गराइएको बताउनु भएको छ ।
लैङ्गिक हिंसा नियन्त्रण संजाल जिल्ला समितिले छलफल गरी आगामी दिनमा महिला जनशसक्तिकरण , जागरण र जनचेतनामुलक कार्यक्रम सबै सरोकारवाला मिलेर संचालन गर्ने निर्णय गरेको छ । लैङ्गिक राहत कोष लक्षित वर्ग सम्म सहज रुपमा वितरण गर्न प्रयास गरिने , जिल्लामा सेफ हाउस व्यवस्थापना गर्न स्थानीय सरकार र सरोकारवालाको लगानी र सहकार्य गर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको अध्यक्षता र इलाम नगरपालिकाको उपप्रमुख सुशिला नेम्वाङको प्रमुख आतिस्थमा भएको थियो ।