सूर्योदय : इलामको सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले चाडपर्व लक्षित बजार अनुगमन शुरु गरेको छ । आइतबारबाट शुरु गरेको अनुगमनका क्रममा गत बर्षको भन्दा बजारको अवस्था सुधारउन्मुख देखिएको समितिले जनाएको छ ।
समितिका निरिक्षण अधिकृत नविन ढकालको नेतृत्वमा फिक्कल बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका समान भटिए पनिगत बर्षको तुलनामा त्यस्ता सामग्री कम भेटिएको ढकालले बताए ।
आइतबार ११ वटा पसल अनुगमन गर्दा सात बटा पसलमा म्याद गुज्रेका सामान भेटिएको ढकालले बताए । उनका अनुसार आइतबार ३१ हजार ८१७ रुपयाँको सामान बरामद गरिएको छ ।
अनुगमनका क्रममा सिमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख होमनाथ पोख्रेल सहित नेपाल प्रहरी, नगर प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकार सहभागि थिए ।
सूर्योदय नगर उद्योग वाणिज्य संघले पनि उद्यमी व्यवसायीलाई उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय गर्न आव्हान गरेको छ । संघले जारी गरेको अनुरोध पत्र हेर्नुस् :
प्रतिक्रिया