रोङमा भएको सवारी दुर्घटनास्थलबाट नगद र सुन हराएपछि छानविन समिति गठन


इलाम माघ १८

इलामको रोङमा सवारी दुर्घटना हुँदा रकम र सुन हराएको सामाजिक संजाल र समाचारमा आएपछि प्रहरीले छानविन समिति गठन गरेको छ । गत माघ १३ गत रोङ गाउँपालिका ४ पहिरो स्थित मेची राजमार्गमा भएको पिकअप दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । दुर्घटनामा परी झापा मेचीनगर ४ बाहुँनडागीका ५८ बर्षीय रमेश थापा र सोही ठाउँका ४० बर्षीय सूर्य थापाको मृत्यु भएको थियो । उनीहरुको साथमा रहेको नगद चार लाख र सुनको गहना घटनास्थलबाटै हराएको भन्दै परिवारले उजुरी दिएका थिए । छानविनको लागि जिल्ला प्रहरी कार्यलय इलामा डिएसपी गंगा बहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको विज्ञप्ति मार्फत जनाईएको छ ।

जिल्ला प्रहरी कार्यलयले जारी गरेको विज्ञप्तिमा विस्तृत रुपमा अनुसन्धान भइरहेको उल्लेख गरेको छ । झापा बाट इलाम तर्फ आउदै गरेको १ – ०१००१ च ७९१६ नम्बरको पिकअप अनियन्त्रीत भएर दुर्घटनामा सवारी चालक अर्जुन कोइराला घाईते भएका थिए ।