फिक्कल :गुणस्तर तथा नापतौल कार्यालय भद्रपुर झापा र सूर्योदय नगर उद्योग वाणिाज्य संघको आयोजनामा इलामको सूर्योदयमा सञ्चालन गरेको तीन दिने नापतौल सिविर बुधबार सम्पन्न भएको छ ।
सिविरमा दर्ता तथा नविकरण छुटेका ढक, तराजु, डिजिटल काँटाको दर्ता र नविकरण गरिएको संघका अध्यक्ष प्रमोद राईले जानकारी दिए ।
गुणस्तर तथा नापतौल कर्यालया भद्रपुर झापाका सहायक निरीक्षक अमित कुमार कर्णको नेतृत्वमा आएको प्राविधिक टोलीले फिक्कल र पशुपतिनगरमा सेवा प्रदान गरेको थियो ।सो क्रममा नगर क्षेत्रका ११८ जना ढक,तराजु, डिजिटल काँटा प्रयोग कर्ताले सेवा लिएको कार्यालय सचिव राकेश राईले जानकारी दिए ।
नापतौल सामग्री बोकेर झापाको नापतौल कार्यालय पुग्नु पर्ने समस्या भोगिरहेका व्यवसायीको समस्या समाधान गर्न सिविर सञ्चालन गरेको संघका वरिष्ठ उपाध्यक्ष सुरेन पौडेलले बताए ।
संघको स्थानीय व्यवस्थापनमा सञ्चालन गरेको सिविर संघको फिक्कल र पशुपतिनगर कार्यालयमा सञ्चालन गरेको संघकी महिला उद्यमी समितिकी सदस्य मिना ढकालले जानकारी दिइन् ।
प्रतिक्रिया