फिक्कल : इलामको सूर्योदय नगरपालिका १० रमितेको जनएकता कृषि सहकारी संस्थाले गत आर्थिक बर्ष ६२ लाख ६६ हजार ४०६ रुपयाँको कारोबार गर्दा ७८ हजार ९३१ रुपयाँ नाफा आर्जन गरेको छ ।
शनिबार सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभामा दिएको जानकारी अनुसार संस्थाले दुग्धजन्य बस्तु खरिद विक्री, पशु विमा र कृतिम गर्भधान कार्यक्रम, कर्मचारी र शेयर सदस्यहरुका लागि आयआर्जन र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सूर्योदय नगरपालिका वाड न १० का वडा अध्यक्ष पेमा उगेन लामाको प्रमुख आतिथ्यमा सम्पन्न सभामा सस्थाकी अध्यक्ष हेममाया प्रधान(रामु)ले सस्थाको प्रगति प्रतिवेदन पेश गर्दै अपाङ्ग, असक्त शेयर सदश्यहरुलाई कर्जामा एक प्रतिशत व्याज छुट गर्ने र बचतमा एक प्रतिशत व्याज बढि दिने कार्यक्रम शूरु गर्न लागेको जानकारी दिईन् । अध्यक्ष प्रधानको सभापतित्वमा सम्पन्न सभाले शेयर सदस्यता बृद्धिलाई निरन्तरता दिने, ऋण तथा वचत कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिइयो ।
सस्थाले विना धितोको ऋण कार्यक्रमलाई सामुहिक जमानीमा मात्र उपलब्ध गराउने जनाएको छ । संस्थाले बाल बचतलाई प्रभावकारी बनाउन बचतमा ९ प्रतिशत व्याज प्रदान गर्ने व्यवस्था गरेको व्यवस्थापक शुशिला देवि श्रेष्ठले जानकारी दिइन् । सस्थाले शेयर सदश्यका बालबालिकालाई रु १०० मा बचत खाता खोल्ने व्यवस्था गर्ने योजना पारित गरेको छ ।
सभामा २६ जना दुग्ध कृषकलाई उपयोगी सामग्री वितरण गरेको छ । अनुशासित शेयर सदस्यको रुपमा हिरन प्रधानलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
सभाले धुर्व कुमार प्रधानको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मण प्रधान र सदस्यहरुमा पूर्णीमा प्रधान, मणि सुनुवार, भिमकुमारी सुनुवार, मिना प्रधान, चन्द्रमाया लाप्चा, र सन्देश प्रधान रहेका छन् । सभाले टिका प्रसाद प्रधानको संयोजकत्वमा लेखा समिति र शारदा मुखियाको संयोजकत्वमा ऋण समिति गठन गरेको छ ।
प्रतिक्रिया