logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • पशुपतिनगरमा करदाता शिक्षा कार्यक्रम

    पशुपतिनगरमा करदाता शिक्षा कार्यक्रम

    सूर्योदय : इलामको सूर्योदय नगरपालिका २ को पशुपतिनगरमा बुधबार करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
    सूर्योदय नगर उद्योग उद्योग वाणिज्य संघको स्थानीय व्यवस्थापन र करदाता सेवा कार्यालय इलामको आयोजनमा भएको कार्यक्रममा पछिल्लो समयमा उद्यमीले भोगिरहेको मिसम्याचको समस्या र कर छुटका नयाँ योजनाहरुको विषयमा करदाता सेवा कार्यालय इलामका सूचना अधिकारी सोनाम बरफुङले सहजीकरण गरेका थिए ।
    संघका अध्यक्ष प्रमोद राईको सभापतित्वमा भएको कार्यक्रममा पशुपतिनगर र फिक्कलका उद्यमी व्यवसायीको सहभागिता रहेको थियो ।
    सो अवसरमा संघका अध्यक्ष राईले सूर्योदय नगरपालिकाका उद्यमी, व्यवसायीको माग अनुसार कर दाखिलाका लागि संघको फिक्कल र पशुपतिनगर कार्यालयबाट सहजिकरणको व्यवस्था गर्न लागेको जानकारी दिए ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ असार २, बिहीबार ०१:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP