इलाम , वैशाख २२ :नेपाल ट्रेड युनियन काङ्ग्रेसको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । ट्रेड युनियन काङ्ग्रेस इलामका अध्यक्ष हरि फुयालको अध्यक्षता र नेपाली काङग्रेस जिल्ला कार्य समिति इलामका सभापती डम्बर बहादुर खड्काको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय कार्यसमितिका उपमहासचिव ज्योती कोइराला, कोशी प्रदेश कार्यसमितिका अध्यक्ष नारायणबाबु कार्की लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला अधिवेशनले जीवनकुमार सुवेदीको अध्यक्षतामा सर्वसहमत कार्यसमिति चयन गरेको छ । महिला उपाध्यक्षमा शोभा श्रेष्ठ (मानन्धर) , खुल्ला उपाध्यक्ष राम चौलागाइ ,उपाध्यक्ष अनौपचारिक तर्फ तोयानाथ भट्टराई ,उपाध्यक्ष उत्पादनतर्फ ठाकुर कटुवाल ,उपाध्यक्ष स्वरोजगार तर्फ प्रविण कट्टेल निवाचित भएका छन ।
सचिव ढाकाराम न्यौपाने , सहसचिवहरु अर्जुनकुमार थापा र टीका खतिवडा चयन भएका छन भने कोषाध्यक्षमा झुमादेवी कट्टेल चयन हुनु भएको छ । सदस्यहरु उमेश गौतम , टीकादेवी तामाङ ,रोसु बानिया , डोल्मा तामाङ र माया थेवे चयन भएका छन । यसैगरी अधिवेशनबाट हरिनाथ फुयाल र अम्बर बहादुर घिमिरे महाधिवेशन प्रतिनिधि चयन भएका छन । प्रदेश अधिवेशन प्रतिनिधिहरु , मोहम्मद हासिमहुसैन , तुलसी एवा , बिष्णुप्रसाद दुलाल र रविन भट्टराई चयन भएका छन । नेपाल ट्रेड युनियन काङ्ग्रेसमा २७ वटा संस्थाको आबद्धता रहेपनि इलाममा १५ वटा संस्था रहेका छन । हाल नेपाल ट्रेड युनियन काङ्ग्रेस इलाममा ३१ सय सदस्य रहेका छन ।
प्रतिक्रिया