logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • कर्जा पुर्नसंरचनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

    कर्जा पुर्नसंरचनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

    इलामः राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरीक बचाउ महाअभियानले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै बैंक तथा वित्तिय संस्थाले ऋणीलाई दिई रहेको चर्को दवावा नियन्त्रण गर्दै कर्जा पुर्नसंरचना गर्न माग गरेको छ ।
    ज्ञापन पत्रमा भनिएको छ ‘बैंक, लघुवित्त तथा सहकारी हरुले आफ्ना ऋणी नागरीकहरुलाई गरेको अन्यायपुर्ण चरम शोषण र धरपकडका कारण आज नागरीकहरु रुखमा डोरीको पासो लगाई झुण्डिने, बिष सेवन गर्ने, शरीरमा पेट्रोल खन्याई आगो लगाउने जस्ता कार्यगरी आफ्नो जिवन त्याग गर्न वाध्य भएको अवस्था छ ।’
    नेपालमा छाएको आर्थिक मन्दिका कारण नागरीक हरुले आफ्नो रोजगारी गुमाउने, व्यवसाय बन्द गरी पलायन हुनुपर्ने वातावरण सिर्जना भएको भन्दै महाअभियानले देशभरीबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको महाअभियानका केन्द्रिय सदस्य तथा इलाम जिल्ला प्रतिनिधि सोनामछिरिङ काजीले बताए ।
    केन्द्रिय सदस्य काजीले पिडित नागरीकहरुलाई बचाउनु पर्ने समयमा राष्ट्र बैंकले जारी गरेका नीति तथा नेपाल सरकारले अवलम्बन गरेको अर्थ नीतिले नागरिकलाई थप अप्ठ्योरोमा धकेलेको बताए । ज्ञापन पत्रमा भनिएको छ ‘बैंक, सहकारी तथा लघुवित्त संस्थाहरुलाई सचेत गराउदै नागरीकहरुको धितो लिलामी गरी सुकुम्बासी बनाउने, घरमा गार्ड राख्ने, पसल सटरहरुमा ताला लगाउने, धरपकड गर्ने, कालो सुचिमा राख्ने, घरमा भएका भांडाकुंडा वस्तुभाउ उठाएर लैजाने जस्ता कार्य तत्कालै रोकी ऋणीहरुले लिएको ऋणलाई पुर्नसरचना गरी तिने वातावरण मिलाउनको लागी ज्ञापन पत्र दीने निर्णय गरेका छौ ।’
    महाअभियानले प्रधानमन्त्रीको कार्यलयबाट बैंक तथा अन्य वित्तिय संस्थाहरुलाई तत्कालका लागी ऋणी हरुलाई धरपकड गरी मानशिक पिडा दीने कार्य बन्द गरी थप जनधनको क्षतिहुनबाट रोक्न सहयोग गर्न माग गरेको छ ।



    Avatar निगरानी    
  • २०८० असार १०, आईतवार १७:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP