logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • लम्पी विरुद्धको खोप अभियान चलाउन कृषक महासंघको माग

    लम्पी विरुद्धको खोप अभियान चलाउन कृषक महासंघको माग

    माइजोगमाई : राष्ट्रिय कृषक समूह महासंघ नेपाल इलामले पशुमा केहि समय अघि देखिएर हाल नियन्त्रणमा रहेको लम्पी स्किन रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न माग गरेको छ ।
    महासंघको माईजोगमाई गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्दै महासंघका जिल्ला सचिव नकुल खड्काले रोग नियन्त्रण भएसंगै इलामका स्थानिय तहले रोग नियन्त्रणको प्रयासमा कुनै काम नगरेको भन्दै तत्काल लम्पी स्किन रोग विरुद्धको अभियान शुरु गर्न माग गरे ।
    उनले भने ‘आँगनमै भएको सरकाले समेत किसानका समस्याबारे संवेदनशीलता देखाएन ।’ उनले किसानका समस्या समाधान गर्न सरोकारवालालाई घचघच्याउन अब ढिलो गर्न नहुने बताए । महासंघले दुधमा देखिएको समस्या समाधान गर्न पनि तीन तहको सरकार असक्षम भएको बताए ।
    अधिवेशनले उमाकान्त भट्टराईको अध्यक्षतामा माइजोगमाई गाउँपालिका कार्यसमिति गठन गरेको छ ।
    आइतबार माइजोगमाई गाउँपालिकाको नयाँबजारमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रोहित थेवे, सचिवमा सुरेश भट्टराई, सहसचिवमा सन बहादुर लिम्बु र कोषध्यक्षमा रेखा रिजाललाई चयन गरेको छ ।
    अधिवेशनले सदस्यमा सुमन वेगा लगायतलाई चयन गरेको छ । प्रदेश अधिवेशन प्रतिनिधिमा सुरेश भट्टराई र उषा खतिवडालाई चयन गरेको छ ।
    नवनिर्वाचित अध्यक्ष भट्टराईले किसानका समस्या समाधान गर्न तीन तहको सरकार गम्भीर नदेखिएको बताए । उनले स्थानीय तहका कृषक समूह र सहकारीलाई एक ढिक्का बनाएर समस्या समाधानका लागि निरन्तर पैरवी गर्ने बताए ।
    सचिव सुरेश भट्टराईले कृषकका पक्षममा बोल्ने अगुवा संगठनका रुपमा महासंघलाई अघि बढाउने बताए ।



    निगरानी    
  • २०८० पुष १, आईतवार १३:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP