फिक्कल : इलामको सूर्योदयन नगरपालिका वाड न ८ ले मात्रै यस बर्ष कृषकहरुलाई २० लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरेको छ ।
व्यवसायीक खेतीमा कृषकलाई सघाउने उदेश्यले १५६ जना कृषकलाई अर्गानिक तरकारकी उत्पादन गर्न सहयोग पुग्ने सामग्री हस्तान्तरण गरेको हो ।
सामग्री पाएपछि कृषकहरुले वडाले रचनात्मक काम गरेको भन्दै खुशी व्यक्त गरेका छन् । ‘यसले व्यवसायीक कृषिमा लाग्न कृषकहरुलाई प्रोत्साहन मिलेको छ ।’स्थानीय कृषक प्रकाश घिमिरेले बताए ।
बर्षौदेखि कृषिमा पसिना वगाएका कृषकहरुले सरकारबाट सुविधा नपाएको गुनासो गरिरहेको अवस्थामा यस्ता कार्यक्रमले कृषकलाई उत्साह थपेको स्थानीय महिला कृषक जानुका खड्का पौड्याल बताउँछिन् ।
पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त वडामा व्यवसायीक कृषकको उल्लेख्य उपस्थिती रहेको छ । चिया खेती, तरकारी खेती र गाई पालन व्यवसायमा उत्साहीत कृषकहरुले बार्षिक ४ करोड बढिको कृषि उपज उत्पादन गर्ने गरेका छन् ।
कृषिलाई व्यवसायीकरण र कृषकको आयआर्जनमा समेत सहयोग गर्ने उदेश्यले १५६ जना कृषकलाई आधुनीक कृषिमा प्रोत्साहन गर्ने उदेश्यले थोपा सिंचाई सहितको टनेल समेत वितरण गरेको वडा अध्यक्ष जंग बहादुर गुरुङले बताए । उनले भने ‘यो नगरकै ठुलो योजना हो ।’ उनले भौतीक पुर्वाधारसंगै कृषि र पर्यटनलाई प्राथमिकताका साथ वडाले प्रोत्साहन गरेको बताए । उनले चयाउ खेती , फुल खेती, व्यवसायीक कृषकहरुका लागि व्यवसायपैवद्र्धनका कार्यक्रम समेत अघि सारेको बताए ।
चियाको राजधानीको रुपमा रहेको सूर्योदय नगरपालिकामा तरकारी खेती र आय आर्जनका अरु क्षेत्रमा समेत लगानी वृद्धि गर्दे गएको सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा कुमार बरालले बताए । उनले आगामी बर्ष कृषिमा थप योजना ल्याउने बताए ।
इलाममा अदुवा, अलैची, दुग्ध, अकबरे खोर्सानी, अलैची, तरकारी खेतीबाट कृषकले मनग्य आम्दानी लिने गरेका छन् । कृषकको जीवनस्तर उठाउन स्तानीय सरकारले नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने सूर्योदय नगरपालिका वाड न ८ का वडा सदस्य कमल गड्तौला बताउँछन् ।
वडा सचिव इश्वर पौड्यालका अनुसार वडाले कृषकको मागमा आधारीत कार्यक्रम निर्माण गर्ने, सेवा टेवाका कार्यक्रम अघि बढाउने र निरन्तर अनुगमन मुल्याकन गर्ने कार्यक्रम समेत अघि बढाउँदै आएको छ । वडाले व्यवसायीक कृषकको पशुधन संरक्षण्का लागि घरघरमा पुगेर खोप अभियान समेत संचालन गरेको वडा सदस्य पदम गिरीले बताए । उनले भने ‘हाम्रो लक्ष नै कृषकको आर्य वृद्धि गरेर संवृद्धि हासिल गर्ने रहेको छ ।’
प्रतिक्रिया