इलाम , पुष २
इलाम जिल्लालाई विपत्त संकटग्रस्त जिल्ला घोषणा गरिए पनि अपेक्षित रूपमा पुनर्निर्माण, मर्मत तथा पुनस्थापनाको काम नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छ्न ।
सचेत इलामेली नागरिकहरूले इलाम जिरोकिलो मिटरमा यातायात अबरुद्ध गरि बुधबार मेची राजमार्ग १ घन्टा बन्द गरेका छन् ।
सांकेतिक बिरोध गर्दै विरोध सभा गरी राजमार्ग बिहान ११ बजे देखि १२ बजे सम्म राजमार्ग बन्द गरेका गरेको
सचेत इलामेली नागरिकका संयोजक ईश्वर चिपालुले बताउनु भएको छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउन चरणबद्व आन्दोलन थालिएको चिपालुको भनाइ छ ।

गत असोज १८ र १९ को वर्षा पछि आएको बाढी पहिरोको कारण जिल्लाको अधिकान्श
सडक सञ्जालमा क्षति पुगेको तर संकटग्रस्त जिल्ला घोषणा औपचारिकतामै सीमित भएको स्थानीयको गुनासो छ ।
संकटग्रस्त घोषणा पश्चात आवश्यक नीति, बजेट र कार्यक्रममार्फत पुनर्निर्माणका अधिकांश काम सम्पन्न हुने अपेक्षा भए पनि कुनै काम नभएको इलाम उद्योग बाणिज्य संघका अध्यक्ष चेतनाथ ( कृष्ण ) पौडेलले गुनासो गर्नु भएको छ ।

मेची राजमार्ग तथा वैकल्पिक सडकहरूको तत्काल पुनर्निर्माण आवश्यक रहेको विरोधमा सहभागी स्थानीयको माग छ ।
इलाममा विपत्त पछि आर्थिक गतिविधि घट्दो क्रममा रहेको । पर्यटन , कृषि , उद्योग जस्ता इलामको मुख्य आर्थिक क्षेत्रमा अस्रर परेको होटल ब्यवसायी प्रकाश चापागाईंले बताउनु भयो ।
सचेत इलामेली नागरिकहरूले राजमार्ग बन्द सङै सडक डिभिजन कार्यलय इलाममा तालाबन्दी गरेका छन । उनीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन ।
पहिलो चरणको आन्दोलनमा तोकिएको समयभित्र काम सुरु नभए दोस्रो चरणको आन्दोलन गर्ने जनाइएको छ । आन्दोलनमा संघ सरकारले बजेट बिनियोजन नगरेको भन्दै इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु कुमारी दहाल तथा वडा अध्यक्षहरु समेत आन्दोलनमा उत्रिएका छ्न ।
प्रतिक्रिया