logo
  • २०८३ बैशाख ८, मंगलवार | Tue, 21 Apr 2026
  • इलाम गोल्डकप : आज  उपाधि दाबेदार  मच्छिन्द्र र एन पेनाङ भिड्ने

    इलाम गोल्डकप : आज  उपाधि दाबेदार  मच्छिन्द्र र एन पेनाङ भिड्ने


    इलाम ७ बैशाख : इलाममा जारी तेस्रो इलाम गोल्डकप अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब काठमाण्डाै र एन पेनाङ मलेसिया बीच  प्रतिस्पर्धा हुदैछ। चर्चित खेलाडीले भरिएको ए डिभिजन टोली मच्छिन्द्र र पाहुना टोली एन पेनाङ  दुवै टोलीको भेट हुदैछ  ।
    मछिन्द्र राष्ट्रिय खेलाडीहरू सहित इलाम आएको छ ।  रोहित चन्द ,  विशाल श्रेष्ठ, देवेन्द्र तामाङ लगायतका खेलाडीहरु   मछिन्द्र बाट मैदान उत्रने छन ।
    यसैगरी  मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरू  सहित प्रतिस्पर्धामा निस्कने तयारीमा छ  ।
    आजको  दुवै बलियो  टोली बीचको खेल रोमाञ्चक र  प्रतिस्पर्धात्मक हुने आयोज्क रेड हर्ष क्लबका सदस्य निरोज खड्गीले बताउनु भयो । 

    बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिता  १२ गतेसम्म संचालन हुनेछ ।  प्रतियोगिताको  विजेताले नगद  १० लाख र उपविजेताले नगद  ५ लाख प्राप्त गर्नेछन् ।



    निगरानी    
  • २०८३ बैशाख ७, सोमबार १२:२७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP