सविता पाण्डे , इलाम , १० बैशाख :
डिफेन्डिङ च्याम्पियन न्युरोड टीम (एनआरटी) इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । रोलिङ क्लब धुलाबारी झापालाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै एनआर्टी उपाधी होडमा पुगेको हो ।
निर्धारित समयमा १- १ गोलको बराबरी भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
एनआरटीका बिज्ञान खड्काले खेलको पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरे । रोलिङ क्लबका लागि खेलको ८१ औ मिनेटमा फागुराम चौधरीले १ गोल गरी खेल बराबरी बनाए । पहिलो हाफ एनआटीले दबाबमा राखे पनि दोस्रो हाफमा खेल प्रतिस्पर्धात्मक बन्यो । रोलिङले पटक पटक गोल गर्ने सक्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।आजको प्लेयर अफ द म्याच एनाआरटीका गोलरक्षक बिशाल सुनुवार बने ।उनले नगद ८ हजार एकसय सहित ट्रफी प्राप्त गरे ।
बुधबार सम्पन्न खेल बाट मच्छिन्द्र फुटबल क्लब काठमाडौ उपाधी होडमा पुगीसकेको छ । अब उपाधीको लागि मच्छिन्द्र र एनआरटी मैदानमा उत्रने छ्न ।
रेडहर्स फुटबल क्ल्बको आयोजनामा इलाम स्थित ठूलो टुडिखेलमा जारी प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछन् । बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताको १२ गते फाइनल खेल हुनेछ ।
प्रतिक्रिया