logo
  • २०८३ कार्तिक २१, शुक्रबार | Fri, 06 Nov 2026
  • इलाममा प्लास्टिकका फूलगुच्छा र माला बिक्री गर्न नपाइने

    • निगरानी
    • २०८३ कार्तिक १९, बुधबार १५:०२ गते
    इलाममा प्लास्टिकका फूलगुच्छा र माला बिक्री गर्न नपाइने

    इलाम , १८ कार्तिक : जिल्ला प्रशासन कार्यालय इलामले प्लास्टिकजन्य फूलगुच्छा तथा मालाको आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएको छ।
    कार्यालयले आज  सुचना  जारी गरी  वातावरण संरक्षण ऐन, २०७६ को व्यवस्थाअनुसार प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्न नपाइने जनाएको छ ।

    तिहारलगायतका चाडपर्वमा प्लास्टिकजन्य माला तथा फूलगुच्छाको प्रयोग बढ्दै जाँदा वातावरणमा क्षति पुग्ने भन्दै यस्तो प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।
    जिल्लाभित्रका हाटबजार तथा पसलहरूबाट प्लास्टिकजन्य फूलगुच्छा तथा मालाको भण्डारण र बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ।
    प्रतिबन्ध विपरीत प्लास्टिकजन्य माला तथा फूलगुच्छा आयात, बिक्री वितरण तथा भण्डारण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६, नियमावली २०७७ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
    प्रशासनले जिल्लाका सबै स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा अनुगमन गरी कानुनबमोजिम कारबाही गर्नसमेत अनुरोध गरेको छ।
    केही दिन यता इलाम बजार लगायत इलामका विभिन्न स्थानमा प्लास्टिकका माला बिक्री वितरणको लागि बजारमा राखेपछि  यहाँका पुष्प व्यवसायीले विरोध जनाउदै आएका थिए । पुष्प व्यवसायी बुद्ध सोङ्मीले इलाममा प्लास्टिक प्रतिबन्ध हुँदा पनि फुलको माला विक्री गर्न दिदा फुल व्यवसायीलाई मर्का परेको बताउनु भयो ।
    इलाम नगरपालिकाले यस अघि सुचना जारी गरि प्लास्टिक जन्य फुल विक्री गर्न रोक लगाएपछि इलाम बजारमा हटाइएको छ ।



    निगरानी    
  • २०८३ कार्तिक १९, बुधबार १५:०२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP