logo
  • २०८३ जेष्ठ १७, आईतवार | Sun, 31 May 2026
  • दुर्गा बिरहीको”भन्छौ सानु के छ खबर”बजारमा

    • निगरानी
    • २०७६ कार्तिक २, शनिबार १०:२१ गते
    दुर्गा बिरहीको”भन्छौ सानु के छ खबर”बजारमा

    विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर लोक दोहोरी गीतसंगीतको बजारमा नयाँ नयाँ गीतहरू आउनेक्रम बढेको छ। समसामयीक विषय वस्तुलाई दशैंसँग जोडेर लोक भाकाका गीतहरू बजारमा ल्याउने क्रममा गायक दुर्गा बिरहीले पनि ”भन्छौ सानु के छ खबर” बोलको दशैं गीत बजारमा ल्याएका छन्।

    बिरहीको उत्कृष्ट लय तथा शब्द सृजनामा रहेको गीतमा बिरही आफ्नै र दानमाया पुनको स्वर रहेको छ । आत्म बिस्वास फिल्मस् मार्फत बजारमा आएको गीतले रोजगारीका लागि विदेशमा गएर पनि चार्डपर्वहरुमा स्वदेश आउन नसकेका बहुसंख्यक नेपालीहरुको प्रतिनिधीत्व गरेको छ । बाशु बरालको छायांकन र प्रदिप दाहालको निर्देशन रहेको गीतमा दुर्गा बिरही र रिना शाहीको अभिनय रहेको छ ।

    स्वदेशको माया र प्रेम झल्किएको यस गितको म्युजिक भिडियोको बिरही आफैले निर्देशन गरेका छन् । बिरहीले यसभन्दा अघिपनि समसायीक विषय वस्तुका थुप्रै गीत बजारमा ल्याएका छन्। प्रदेशीका दुःख र माया प्रेममा आधारीत गीत धेरै लेखेका बिरहीका केही गीतहरूले निकै चर्चा पाएका थिए।



    निगरानी    
  • २०७६ कार्तिक २, शनिबार १०:२१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP