हाँस्यव्यङ्ग्य सामाजिक टेलिचलचित्र ‘टेन्सन साफ ‘टेलिभिजन मार्फत प्रशारण हुदैँ

हाँस्यव्यङ्ग्य सामाजिक टेलिचलचित्र ‘टेन्सन साफ ‘टेलिभिजन मार्फत प्रशारण हुदैँ

काठमाडौँ /एभरग्रीन वल्डवाइड इन्टरटेन्ड्मेन्ट प्रा . लि . को प्रस्तुति हाँस्यव्यङ्ग्य सामाजिक टेलिचलचित्र ‘टेन्सन साफ ‘ यहि आउदो दशै लगत्तै टेलिभिजन साथै युटुव च्यानलबाट प्रशारण हुने भएको छ ।

जसलाई निर्देशक गर्नु भएको छ हाँस्य कलाकार तथा निर्देशनक गोपाल ढकाल ‘छन्दे’ले चलचित्र लेखन निर्देशन ,सम्पादन गीत देखि अभिनय सम्म छन्देलाइ हेर्न सकिने छ। छायांकनको रुपमा हर्कमान वाइबा ‘रिदम ‘ रहनुभएको छ भने श्रृङ्गारमा अनु अधिकारी रहनुभएको छ। संगीत /पाश्व संगीत तर्फ संगीतकार बैकुण्ठ अधिकारीको सुन्न सकिन्छ ।गीतमा स्वर रहेको छ क्रमश कृष्ण भट्टराई , बैकुण्ठ अधिकारी , गोपाल ढकाल ‘छन्दे’ हर्कमान वाइबा ‘रिदम’को सुन्न सकिन्छ ।सम्पुर्ण पोस्टर डिजाइन भि अफएक्स दिन्सन शाहा मार्फत गरिएको छ ।

चलचित्र निर्माण नियन्त्रको रुपमा कलाकार गिता नेपाल रहनुभएको छ। ध्वनी तर्फ सम्पुर्ण ध्वनी सोभित वाइबाको पोल्टामा रहेको छ भने सुटिङको लागि यातायातको ब्यवस्थापन गंगा लामाको रहेको छ। सुटिङ समयमा भान्छाको लागि मन माया वाइबा रहनुभएको कुरा निर्देशक छन्देले जानकारी दिनुभयो ।

टेन्सन साफ टेलि चलचित्रमा मुख्य कलाकार हरुमा श्याम राई ,उद्धब प्रशाद भट्टराई ,गोपाल ढकाल ‘छन्दे’ गिता नेपाल , रोहित कार्की , प्रमिला राई , हर्कमान वाइबा ‘रिदम’रबिन भुषाल ‘कडा ‘ आशिका अधिकारी ,कृष्ण लामिछाने ,प्रमोद तिरुवा ,उमेश पाण्डे ‘उमिशा’ लगायत रहनुभएको छ । अन्य हाँस्य चलचित्र हरु भन्दा यो टेलि चलचित्र केही पृथक र रोमान्चित भएकाले हेर्ने दर्शक शोताहरुलाइ समयको कुनै घाटा नभई दिमागमा भएको सम्पुर्ण टेन्सन साफ गर्ने र संगस्ंगै सामाजिक चेतनालाई प्राथमिकतामा राखिएको रमाइलो र सन्देश मुलक भाव निर्माण गरिएको निर्देशक तथा लेखक छन्देको भनाइ छ ।