logo
  • २०८३ जेष्ठ १७, आईतवार | Sun, 31 May 2026
  • भारत आश्रित बजारको पिर खप्दै नेपाली चिया

    भारत आश्रित बजारको पिर खप्दै नेपाली चिया


    इलाम : नेपाली चियाको मुख्य बजार भारतले नेपाली चिया नियातमा झण्झट थप्न लागेको भन्दै यतीवेला अर्थोडक्स चियाको राजधानी भनिने इलाको सूर्योदय नगरपालिकाको जनप्रतिनिध र चिया उद्यमीहरुको समूह अहिले कहिले प्रधानमन्त्री त कहिल पुर्व मन्त्री देखि चियामा सरोकार राख्ने निकायको ढोका पुग्न व्यस्त छन् ।
    मंगलबार पुर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाली काग्रेसका नेता कृष्ण प्रसाद सिटौला, इलामको सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राई, चिया उद्यमिहरुको सस्था सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठको नेतृत्वमा रहेको प्रतिनिधि सहितको टोलीले प्रधानमन्त्री सेरबहादुर देउवालाई भेटेर भारतले नेपाली चियामा लगाउन लागेको कर लगायतको समस्याको विषयमा जानकारी गराउँदै समाधानका लागि सरकार स्तरीय (जि टु जी) पहल गर्न अनुरोध गरेको छ ।
    एसोसिएसनका तर्फबाट अध्यक्ष उत्तम कुमार श्रेष्ठले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै चिया खेतीमा संलग्न २६ हजार परिवार कृषकको समस्या समाधान गर्न तत्काल पहल थाल्न आग्रह गरे ।
    नेपालको ९० प्रतिशत अर्थोडक्स चिया इलाममा उत्पादन हुने गर्दछ । भारतले नेपाली चियालाई करको दायरमा ल्याउन पहल गरिरहेका भन्दै त्यसलाई रोक्न पहल गर्न टोलीले प्रधानमन्त्रीलाई अनुरोध गरेको एसोसिएसनका कोषध्यक्ष महेश अर्यालले जानकारी दिए ।

    तथ्याकमा भारतसंग चियाको व्यपार


    नेपाली चिया गुणस्तरहिन र कम मुल्यको कारण भारत र विश्व बजारमा नेपाली चियाले असर गरेको लगायतका आरोप लगाउँदै भारतका ३० सांसदले राज्य सभा अध्यक्ष र लोक सभाका अध्यक्षलाई प्रतिवेदन दिएपछि नेपाली चिया प्रसोधनकर्ता र चिया उत्पादक कृषक चिन्तीन बनेको सूर्योदय नगरपालिकाका मेयर रण बहादु राईले बताए । उनले भने ‘नेपालको चियालाई भारतको बजारमा ४० प्रतिशत भन्दा माथि कर लगाउने कुरा भारतको लोक सभामा र राज्य सभामा उठेको छ ।’
    इलाममा १३ हजार हेक्टर क्षेत्रमा चियाको खेती भइरहेको छ । इलाममा अर्थोडक्स, ग्रिन र इस्पेस चियाको उत्पादन हुने गरेको छ । यस चिया खेतीमा १६ हजार किसानको संलग्नता रहेको छ । ८० हजार भन्दा बढिलाई ग्रामिण रोजगारी प्रदान गरेको छ । इलाममा १५० भन्दा बढि उद्योग रहेको र यसको बार्षिक उत्पादन ६० लाख किलो रहेको एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठले बताए ।
    मेयर राईका अनुसार भारतको प्रयास सफल भएमा नेपाली चियालाई भारतीय बजारमा विक्रीका लागि ठूलो चुनौती आउने छ । उनले भने ‘यसल इलाम बाहेक झापामा उत्पादन हुने २ करोड २० लाख किलो चिया पनि प्रभावीत हुने छ ।’



    निगरानी संवाददाता    
  • २०७९ श्रावण २६, बिहीबार ०८:२० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP