मतदानको लागि इलाममा तयारी पुरा

मतदानको लागि इलाममा तयारी पुरा


इलाम : मंसीर ३

इलाममा मतदानस्थलमा व्यवस्थापन सम्मपन्न भएको छ । जिल्लाको सम्पुर्ण केन्द्रमा पुगेका कर्मचारीले मतदानस्थल व्यवस्थापन गरेका हुन् । आज साँझ सम्म सम्पुर्ण स्थलमा मतदानको लागि तयारी सकिएको मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहालले जानकारी दिनु भएको छ ।


जिल्लामा एकसय ५० वटा मतदान स्थल रहेको छ । २ सय ८५ वटा मतदान केन्द्र र २ वटा अस्थाई मतदान केन्द्र रहेको छ । निर्वाचनमा इलाम जिल्लामा ३० जना महिला मतदान अधिकृत सहित २८७ जना मतदान अधिकृत निर्वाचनमा खटिएका छन ।


प्रतिनिधी सभा तर्फ २ र प्रदेश सभा तर्फ ४ निर्वार्चन क्षेत्र रहेको छ । प्रतिनिधी र प्रदेश सभा सदस्यको लागि ५४ जना उम्मेद्धार चुनावी मैदानमा छन । इलाममा कुल २ लाख २४ हजार ८ सय ७७ जना मतदाता रहेका छन । जसमध्ये १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ पुरुष र २ जना तेस्रो लिङ्गी रहेका छन ।