logo
  • २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15 May 2026
  • अमलाको जुस पिउनुका ५ फाइदाहरु जान्नुहोस्

    • निगरानी
    • २०७६ आश्विन ७, मंगलवार ०६:३९ गते
    अमलाको जुस पिउनुका ५ फाइदाहरु जान्नुहोस्

    काठमाडौं। अमला सवैलाई मनपर्ने फल हो । अमलामा औषधीय गुण हुन्छ भन्ने विषयमा पनि सबैलाई थाहा छ । आयुर्वेदमा अमलालाई उच्च कोटीमा राखेर यसबाट विभिन्न औषधीहरु निर्माण गरिन्छ ।

    अमलासँग हामी सबै परिचित भए पनि यसलाई खाने तरिकाबारे सबैलाई थाहा नहुन सक्छ । अमलामा प्रशस्त मात्रामा भिटामित सी ,फाइबर र प्रोटिन पाइन्छ । अमलामा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन सी पाइन्छ ।

    अमला यत्तिकै खानुभन्दा यसको जुस बनाएर खाँदा स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । अमलाको जुस पिउनुका पाँच फाइदा यस्ता छन्–

    –अमलाको जुस पिउनले मुटुको समस्याबाट बचाउँछ । त्यसका साथै यसमा महँ मिसाएर पिउदा रक्तचापमा सन्तुलन भई रगतलाई समेत शुद्ध बनाउँछ ।

    –नियमित रुपमा अमलाको जुस सेवन गर्नाले पाचन प्रणालीलाई मजुबत बनाएर राख्छ ।

    -यदि अमलाको जुसमा महँ मिसाएर दैनिक रुपमा खाएमा अनुहारमा डण्डीफोर आउने समस्याबाट पनि मुक्ति पाइन्छ । साथै शरिरको मोटोपन पनि घटाउँछ ।

    –यदि अमलाको जुसलाई केरासँग मिसाएर खाएमा महिलाहरुको महिनावारी गडबढी हुने समस्या पनि ठिक हुन्छ ।

    –त्यस्तै अमलाको जुसमा बेसार र महँ मिसाएर खाएम मधुमेहको बिरामीको लागी अचुक औषधी हुन्छ ।



    निगरानी    
  • २०७६ आश्विन ७, मंगलवार ०६:३९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP