logo
  • २०८३ असार १५, सोमबार | Mon, 29 Jun 2026
  • सुरेन्द्र महर्जन”अमर” को रचनामा रहेको गीतिएल्बम “अर्पण” सार्वजनिक

    • निगरानी
    • २०७६ आश्विन ११, शनिबार १०:०० गते
    सुरेन्द्र महर्जन”अमर” को रचनामा रहेको गीतिएल्बम “अर्पण” सार्वजनिक

    काठमाडौँ / ओएसनेपाल मिडिया प्रा. लि. को आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको “ओएसनेपाल म्युजिक अवार्ड-२०७६” को तेस्रो संस्करण विवेक कार्कीको सभापतित्वमा उत्कृष्ट पाँचको प्रमाणपत्र बितरण तथा ओएसनेपालको प्रस्तुति कवि, गीतकार, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनामा रहेको गीतिएल्बम “अर्पण” को एक समारोहबीच मधेसी आयोगका अध्यक्ष प्रमुख अथिती माननीय डा. विजयकुमार दत्तबाट सार्वजनिक गर्नु भएको थियो भने कार्यक्रममा अथिति ज्योतिष सिवराज रेग्मी रहनु थियो ।

    एल्बमभित्र मेलिना राई, योजना पुरी, यज्ञ राई, इन्दु कुँवर, जितेन्द्र खाती र राम अवाले आदिको स्वर रहेको छ भने उक्त एल्बमभित्र रहेका सम्पूर्ण गीतहरूको संगीत एवं एरेन्जर संगीतकार राम कार्कीको रहेको छ ।

    कार्यक्रम संचालन शिशिर भण्डारी, चिरञ्जीवी सापकोटा, योजना पुरी र कमल सरगमले संचालन गरेको थियो । कार्यक्रममा ५८ विद्यामा उत्कृष्ट रहेको गीतहरूका गायक, गायिका, कलाकार, निर्देशक, एजेन्जर, संगीतकारआदि सबैलाई उत्कृष्ट पाँचको प्रमाणपत्र वितरण गरिएको थियोे ।



    निगरानी    
  • २०७६ आश्विन ११, शनिबार १०:०० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP