logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • दशैँ संगै डराएको छ आफैमा हराएको छ”सुशील भट्टराई[भिडियो सहित]

    • निगरानी
    • २०७६ आश्विन १३, सोमबार १२:०० गते
    दशैँ संगै डराएको छ आफैमा हराएको छ”सुशील भट्टराई[भिडियो सहित]

    आज दशैं आएको छ
    न कुनै हलचल, न कुनै खुशी
    छ त केबल मन मस्तिष्कमा भारिभारी
    गरुङ्गा जिम्मेवारी ……
    दशैं आएको छ
    बाल्यकाल याद भएको छ
    लिङ्गेपिङ्ग सम्झनामा छ ,
    रोँटेपिङ्ग मानसपटलमा चर्खा घुमे झै
    नाचिरहेछ घरीघरी ….

    तर खोइ किन आज
    दशैं, दशैं सङ्गै डराएको छ
    आफैमा हराएको छ
    मन मनमै कराएको छ
    न केही आए जस्तो, न केही खाए जस्तो………………….खोइ कस्तो कस्तो?

    काठमाडौँ /सर्जक तथा गायक सुशील भट्टराईको शब्द सिर्जना र सुमधुर आवाजमा सजिएको दशैँ कोसेली‘परदेशी छोरो सम्झेर’बोलको गीत सार्वजनिक भएको छ। सञ्चारकर्मी फोटो ग्राफर समेत रहेका सुशील परदेशीको वेदनामा तयार पारेका गीतको म्युजिक भिडियो पूर्वाञ्चल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

    रुद्र श्रेष्ठको संगीतमा रहेको गीतमा गायक तथा सर्जकसुशील भट्टराईको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा मोडल प्रिया भट्टराई,सुशील भट्टराईको अभिनय रहेको छ।

    रुद्र श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोलाई पवन सिग्देल र सुदिप अधिकारीले छायाँकङ्न गरेका छन् भने रीकेश बज्राचार्यले सम्पादन गरेका छन्।

    सर्जक तथा गायक सुशोल भट्टराईले “गल्ति मेरै थियो होला”जस्ता अन्य थुपरै गीतहरूमा आवाज र शब्द सिर्जना र गरेका छन्।



    निगरानी    
  • २०७६ आश्विन १३, सोमबार १२:०० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP