इलाम :‘इलाम साहित्य महोत्सव’ आगामी चैत १ गते देखि इलाममा सुरु हुने भएको छ । साहित्यको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनु भएको छ । इलामको विशेषतालाई बाहिर छर्न प्रचारप्रसार गर्न महोत्सवले सघाउन पुग्ने र इलामको पर्यटन प्रर्वद्धनमा टेवा मिल्ने अध्यक्ष थाम्सुहाङको भनाई छ । उहाँले भन्नु भर्यो साहित्य मात्रै नभर सामाजिक आर्थिक र राजनितिक विषयवस्तु माथि बहल छलफल हुने भएकोले यसको चौतफी लाभ मिल्नेछ । ’ इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा हुन लागेको महोत्स दुई दिन सम्म संचालन गरिने आयोजकले जानकारी दिइएको छ ।
‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ थालिएको महोत्सवको चौथो संस्करणको तयारी थालिएको जनाइएको छ । यसपटक नेपाल र भारतका सहित श्रीलंका ,बंगलादेश लगायतका देशका साहित्यकार , विश्लेषक ,लेखक , कलाकारको सहभागिता रहने भएकोले दर्शको सहभागीता पनि उलेख्य हुने इलाम साहित्य समाजका सचिव रोशन राईले बताउनु भयो ।
साहित्य महोत्सवले पठन संस्कृतिको विकास हुने इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका सचिव जयनारायण भट्टराईले बताउनु भयो । यस पटक विद्यालयहरुमा समेत सम्पर्क गरेर विद्यार्थीहरु सहभागी गराई मोवाईल, कम्प्युटर जस्ता ग्याजेट सँग रमाउने पुस्तामा पठन संस्कृतिमा आर्कषित गर्न सकिने उहाँको भनाई छ ।
इलाम सदरमुकाम स्थित गौतम बुद्ध सभागृहमा हुने महोत्सवमा साहित्यकार , कलाकार , विश्लेषक , चिन्तक ,राजनितिकर्मी लगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल साथै साहित्यिक गतिविधीहरु संचालन हुने छ । महोत्सवमा इलामको विशेष , मौलिख गीत संगीत , यहाँका विभिन्न जातजातीको भेषभुषा कला संस्कृतिलाई समेत समेट्ने भट्टराईले बताउनु भयो ।
कार्यक्रममा राजनिति , साहित्य , पर्यटन , चलचित्र , कृषि , पत्रकारीता जस्ता विधामा बहस गर्ने आयोजकको तयारी छ । विचार र कविता गजल वाचन पनि महोत्सवको आर्कषको रुपमा रहने जनाइएको छ ।
महोत्सवमा करिव २२ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका कोषाध्यक्ष दिपेश श्रेष्ठले बताउनु भएको छ । इलाम नगरपालिका , कोशी प्रदेश सामाजिक विकास मन्त्रालय बाट कार्यक्रमको लागि सहयोग गर्ने निश्चत भएको र अन्य स्थानीय तहमा पनि पहल भईरहेको श्रेष्ठले बताउनु भयो । निजी तथा सरकारी निकायमा सहयोगको लागि पहल भईरहेको र प्रायोजनको लागि समेत खोजी भईरहेको जनाइएको छ । महोत्सवको लोगो समेत सार्वजानिक गरिएको छ ।
प्रतिक्रिया