logo
  • २०८३ बैशाख २८, सोमबार | Mon, 11 May 2026
  • ‘सकारात्मक सोचद्वारा रचनात्मक जीवन शैली’ !

    • निगरानी
    • २०८२ जेष्ठ १६, शुक्रबार १६:२५ गते
    ‘सकारात्मक सोचद्वारा रचनात्मक जीवन शैली’ !

    इलाम जेठ १६ : ‘सकारात्मक सोचद्धारा रचनात्मक जीवनशैली ‘आध्यात्मिक प्रशिक्षण शुक्रबार देखि इलाममा सुरु भएको छ । इलाम नगरपालिका वडा नं ७ वडा कार्यालयको आयोजना तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इलामको समन्वय सुरु गरिएको प्रशिक्षणमा   राजयोग प्रशिक्षक  राजु घलेले सहजीकरण गरीरहनु भएको छ ।


    सकरात्मक सोचको विकास गरी समाजलाई अघि बढाउन कार्यक्रम आयोजना गरिएको इलाम नगरपालिका ७ का वडा अध्यक्ष नरेश श्रेष्ठले बताउनु भयो । भौतिक निमार्ण मात्र नभई मानव संसाधन  पनि विकास गर्न  जरुरी छ भन्ने सोचले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो  । प्रशिक्षणको पहिलो दिन १ हजार  ७ सय ७५ जनाले प्रशिक्षण लिएको जनाएको छ ।


    गौतम बुद्ध सभा गृहमा जारी  कार्यक्रम तीन चरणमा विभाजन गरिएको छ । बिहान ७ बजेदेखि साढे ९, दिउँसो १ बजेदेखि साढे ३ र बेलुका ६ बजेदेखि साढे ८ सम्म रहेको छ ।  विहान क्याम्पसका विद्यार्थी, दिउँसो विभिन्न सामुदायिक र निजि विद्यालयका करिब ३६ सय विद्याथी सामेल हुदैछन । प्रशिक्षण आगामी २० गतेसम्म संचालन हुदैछ ।  समापनको दिन इलाम नगरपालिका ७ का ७५ वर्ष देखि  ९० वर्षसम्मका करिब ५१ जना  जेष्ठ नागरिकलाई सम्मान गर्ने पनि जनाएको छ । 



    निगरानी    
  • २०८२ जेष्ठ १६, शुक्रबार १६:२५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP