इलामका होटलहरु चैत २१ गतेसम्म बन्द भएका छन् । बिश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलने सक्ने भएको भन्दै एशोसिएसनले इलाम जिल्लाका होटलहरु चैत २१ ग्तेसम्म बन्द गर्ने निर्णय गरेको एशोसिएसनका अध्यक्ष देवी पौडयालले बताउनुभयो ।
होटलमा बढि भिडभाड हुने, हरेक किसिमका मानिसहरु आउँने हुँदा संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै एशोसिएसनले हाटल बन्द गर्ने निर्णय गरेको अध्यक्ष पौडेलको भनाई छ । एशोसिएसनको यो निर्णयलाई सबैले स्वागत गरेको छ । यस भाइरसको संक्रमण टेबल, कुसीर्, बोतल, लगायत हरेका क्षेत्रमा रहने भएकालेसरकारले रोकथामका लागि चालेको कदमलाई सघाउँदै होटल ब्यबसायिले उक्त निर्णय गरेको बताइएको छ ।
प्रतिक्रिया