logo
  • २०८१ कार्तिक २७ | Tue, 12 Nov 2024
  • इलाम अस्पतालमा बेहोस गर्भवतीको सफल शल्यक्रिया, एकदुईघण्टा ढिलो हुँदा ज्यानै जाने खतरा

    इलाम अस्पतालमा  बेहोस गर्भवतीको सफल शल्यक्रिया,         एकदुईघण्टा ढिलो हुँदा ज्यानै जाने खतरा

    इलाम, भदौ ११ । इलाम अस्पतालमा एक जटिल गर्भवती महिलाको शल्यक्रिया गरेर बच्चालाई जन्म दिइएको छ । बेहोस अवस्थामा गर्भवती महिलालाई हिजो बेलुका इलाम अस्पतालमा ल्याईएको थियो । गर्भवती महिला बेहोस् भएको अवस्थामा उनलाई पुरै बेहोस् गराएर अप्रेशन गर्नुपर्ने हुन्छ, त्यसका लागि भेन्टिलेटर सहित व्यवस्था भएको अस्पताल चाहिन्छ ।

    तर इलाम अस्पतालमा साधारण आईसीयू समेत छैन । यस्तो अवस्थामा जतिसक्दो चाँडो अवस्थामा सुबिधासम्पन्न अस्पतालमा पठाउनु पर्नेहुन्छ । गर्भवती महिला बेहोस भएको १२ घण्टाभित्रमा भेन्टिलेटर सहित व्यवस्था गरेर अप्रेशन नगरे आमा र बच्चा दुबैको ज्यान जाने निकै संभावना हुने चिकित्सकहरु बताउँछन् । तर इलाम अस्पतालमा बेहोस अवस्थामा ल्याइएकी गर्भवती महिलाको हकमा त्यो नभएपछि इलाम अस्पतालका स्त्रि रोग बिशेषज्ञ डाक्टर प्रभु शाहको टोलिले मंगलबार राती नै बेहोस गर्भवती महिलाको सफल शल्यक्रिया गरेर आमा र बच्चा दुबैको ज्यान जोगाउनु भएको छ । इलाम अस्पतालमा जिल्लामै यस्तो घटना आएको पहिलो पटक भएको डाक्टर शाहको भनाई छ । अस्पतालमा त्यस्ता बिरामीका लागि चाहिने आवश्यक उपकरण केही नभएको र गर्भवती महिलाको ज्यान अन्तन्तै जोखिम अवस्थामा पुगेको तथा जिल्ला बाहिरको अस्पतालमा रेफर गरेपनि उनको परिवारको आर्थिक अवस्था कमजोर भएको पाइएकाले निकै जोखिमै मोलेर भएपनि शल्यक्रिया गरेर बच्चा निकालेको बताउनुभयो । ज्यान जोखिम अवस्थामा पुगिसक्नु भएका इलाम फाकफोकथुम गाउँपालिका ३ कि १७ बर्षिया अनिशा मुर्मुरको ज्यान डाक्टर शाहको टोलिले जीवनदान दिनु भएको हो । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    गर्भवती महिलामा बेहोस् हुने (इक्लाम्सीया) अधिक हुने गर्छ । गर्भवती महिलामा हुने यो रोग बिश्वकै लागि निकै चुनौतीपूर्ण मानिदै आएको चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप हुँदा गर्भवती महिलामा यो रोग बढी देखिने र मृत्यु हुने संभावना धेरै हुने डाक्टर शाहको भनाई छ । डाक्टर शाहका अनुसार कम उमेरमा बच्चा जन्माउँदा, गर्भवतीले सुरु देखि नै आफ्नो स्वास्थ्यको ख्याल नगर्दा, गर्भावस्थामा सन्तुलित र पोषिलो खाना नखाँदा, नियमित स्वास्थ्य जाँच नगराउँदा यस्तो हुने उहाँको भनाई छ । उहाँका अनुसार रक्तचाप नियन्त्रणमा आएन भने बच्चा र आमा दुवैको ज्यान जोखिम धेरै हुने गर्दछ ।



    Avatar निगरानी    
  • २०७७ भाद्र ११, बिहीबार ०७:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP