कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा पारित भएको खुशीयालिमा इलाममा दीप प्रज्वलन

Share This
  •  
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares
कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा पारित भएको खुशीयालिमा इलाममा दीप  प्रज्वलन

प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा इलाममा दीप प्रज्वलन गरिएको छ ।

सरकारले गरेको साहासिक निर्णयको स्वागत गरेको भन्दै इलामका युवाको आयोजनामा शनिबार साझ इलाम चोक वजारमा दीप प्रज्वलन कार्यक्रम गरिएको सुशान्त चापागाईंले बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती इलाम का प्रमुख गणेश बराल,नेकपा नेताहरु भक्त केसि,नेता नरेन्द्रनाथ भट्टराई ,काङ्ग्रेस नेताहरु धनमान बराइली, होम दुलाल,

इलाम नगरपालिका वडा न. ५ वडा अध्यक्ष ठाकुर नारायण श्रेष्ठ,उधोग बाणिज्य संघ इलाम का अध्यक्ष इश्वर चिपालु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि सहित इलामेलीहरुको उपस्थिती रहेको थियो । सहभागीले नेपालको नक्सामा मैन बाली दीप प्रज्वलन गरेका थिए ।