logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • आज साँझ राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बन्ध

    आज साँझ राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बन्ध

    इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

    विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को प्रभाव विस्तारित भइरहेका बेला प्रधानमन्त्रीले सरकारको तयारी सुसूचित गराउन सम्बोधन गर्न लागेका हुन् ।

    कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँगको छलफलपछि प्रधानमन्त्रीले साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।

    आजै साँझ साढे ६ बजे उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दै छ । समितिले आजसम्मको निर्णयको समीक्षा गरी कोरोना भित्रन नदिने थप तयारी गर्ने स्रोतले जानकारी दियो ।
    “अहिले ‘सेमी लक डाउन’को अवस्था छ । आवश्यक परे लक डाउनसम्मको योजना हामीले बनाएका छौं,” स्रोतले भन्यो ।

    लक डाउन भए मानिस आवतजावत, कार्यालयहरू बन्द रहनेछन् । अत्यावश्यक बाहेकका सवारी गुड्दैनन् । स्कुल, कलेज महाविद्यालय यसअघि नै बन्द भइसकेका छन् । २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन दिइसकेको छ ।
    आपूर्ति व्यवस्थामा भने व्यवधान आउन नदिइने समितिले जानकारी दिएको छ ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र ७, शुक्रबार ०८:५७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP