शेर्पाद्धारा स्वास्थ संस्थालाई पिपिई प्रदान

शेर्पाद्धारा स्वास्थ संस्थालाई पिपिई प्रदान

इलाम । इलामका युवा व्यवसायी लाप्साङ शेर्पाले जन्मथलो माइजोगमाई ६ को प्याङ स्वास्थ चौकी र कर्मथलो इलाम सदरमुकामको इलाम अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) उपलव्ध गराएका छन । स्वास्थ्यकर्मी पिपिइको अभावमा पनि सेवामा सकृय रहेको अवस्थामा शेर्पाले पिपिई उपलव्ध गराएका हुन् ।
शेर्पाले करिब १८ हजार मुल्य बराबरको पिपिई इलाम अस्पातललाई १० थान र प्याङमा ५ थान स्वास्थ्य शेर्पाद्धारा स्वास्थ संस्थालाई पिपिई उपलब्ध गराएको जानकारी दिए । उनी शेर्पा ट्रेड इलामका प्रोपाइटर हुन् । उनले यस अघि विभिन्न व्यक्ति र समूदायलाई सहयोग गरिसकेका छन् । उनले राष्ट्रिय सेवा सम्मान प्राप्ति गरिसकेका छन् ।