नेकपा एमाले सूर्योदय नगर कमिटीको दोश्रो नगर अधिवेशनबाट दुर्गा देवी भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्ष डिक बम्जन, सचीव पारस राई, उपसचिव तुलशा खत्री, शरण फागो चयन गरेको छ ।शनिवार राति सम्पन्न अधिवेशनले ६१ सदसिय नगर कमिटी गठन गरेको हो ।
उद्घाटन सत्रमा १४ जना जेष्ठ नागरिकलाई सम्मान गरेकोे एमालेले जनाएको छ ।
उद्घाटन सत्र को प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटी सदस्य योजना तथा आर्थिक मान्त्री राम ब राना विशेष अतिथि केन्द्रिय कमिटी सदस्य तारा गुरुङ , कोशी प्रदेश कमिटी सदस्यहरु काजीमान कागते, देवेन्द्र बिस्वकर्मा, साबित्रा शिवा, जिल्ला कमिटी अध्यक्ष गणेश बराल, निबर्तमान अध्यक्ष संघीय माननीय महेश बस्नेत लगायत नेताहरुको उपस्थितिमा भएको थियो। अधिवेशनमा १८८ जना प्रतिनिधि थिए ।
प्रतिक्रिया