सिफारीस सहज बनाउन वन पैदावार व्यवसायीको माग

सिफारीस सहज बनाउन वन पैदावार व्यवसायीको माग

सूर्योदय : राष्ट्रिय वन पैदावार व्यवसायी संघ केन्द्रिय समितिले निजीवन कटानका लागि सिफारीस सहज बनाउन इलामको सूर्योदय नगरपालिकालाई अनुरोध गरेको छ ।
स्थानीय तहका वडाहरुले दिदै आएको सिफारीस नगर कार्यपालिकाले आफ्नो अधिकार क्षेत्रमा ल्याएपछि व्यवसायीले सास्ती पाउँदै आएका छन् । संघले नगर प्रमुख रणबहादुर राईलाई ज्ञापन पत्र बुझाउदै सिफारिस प्रकृया सहज बनाउन माग गरेको हो ।
विभिन्न जातका रुखहरुको कानुनी मापदण्ड पुरा गर्ने क्रममा सम्बन्धीत स्थानीय निकायको समेत सिफारीस चाहिने व्यवस्था छ । पछिल्लो समय उक्त सिफारीस सूर्योदय नगरपालिकाको कार्यालयले मात्र दिने व्यवस्था गरिएको छ । नगरको यो निर्णयको कारण सिफारिसमा ढिलाई हुने, टाडाटाडाबाट नगरमा नै धाउनु पर्ने कारण देखाउदै वडाबाट नै यस्तो सिफारीस दिने व्यवस्था गर्न माग गरेको संघका अध्यक्ष रोहित खड्काले बताए ।