प्रधानमन्त्रीलाई नेविसंघ इलामको ज्ञापन पत्र

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रधानमन्त्रीलाई नेविसंघ इलामको ज्ञापन पत्र

बैशाख ३०, इलाम । नेविसंघ इलामले जिल्ला प्रशासन कार्यलय इलाम मार्फत प्रधानमन्त्रीलाई मंगलबार ज्ञापन पत्र पठाएको छ । भारतले गरेको नेपाली भुमी अतिक्रमण गरेर भारतिय राजमार्ग निर्माण गर्दा समेत सरकारले राष्ट्रियताको पक्षमा दृढ अडान लिएर भारतलाइ गल्ती सच्याउन दबाब दिनु पर्ने लगायतका माग राखेर ज्ञापन पत्र बुझाएको हो ।

राष्ट्रियताको पक्षमा आवाज उठाउँदा समेत नेविसंघका नेता कार्यकर्ताहरु गरिफतारी गरेको भन्दै सरकारको चर्को आलोचना समेत गरेको छ । निर्वाचनको वेला राष्ट्रियताका ठूला र खोक्रो नारा लगाउने अनि अहिले आएर आफ्नो सत्ता जोगाउन भारत सामू लम्पसार पर्ने सरकारको प्रवृत्तिको घोर भत्सर्ना समेत ज्ञापन पत्र मार्फत नै नेविसंघले गरेको छ । संघका कार्यबाहक अध्यक्ष प्रकाश भटटराईद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा लिपुलेक हाम्रो हो । भारत तुरुन्त त्यहाँ वाट फिर्ता हुनु पर्दछ । सरकारले उच्च स्तरीय कुटनीतिक पहल गर्ने तथा सवै खाले दवाव श्रृजना गरी तुरुन्त भारतलाइ गल्ती सच्याउन वाध्य वनाउन माग गरीएको छ । यस्तै नेपाली भूमि हडप्ने गरी सन २०१५ मा वेइजिङ्गमा भारत र चीनले गरेको सहमति घोर आपत्तिजनक छ । उक्त सहमति तुरुन्त खारेज हुनुपर्ने माग समेत रहेको छ ।

राष्ट्रियता संकटमा परेको समयमा सरकारले अत्यन्त गम्भीरता एवं तदारुकताका साथ राष्ट्रियताको पक्षमा दृढ अडान लिएर अघि बढ्नु पर्ने माग गरेको छ । यदि सरकारले राष्ट्रियताको पक्षमा कदम नचाले सरकारको लम्पसारवादी प्रवृत्तिको विरुद्ध नेविसंघ आन्दोलनको आँधीबेहरी श्रृजना गर्न वाध्य हुने चेतावनी समेत दिएको छ ।