इलाम ः पहिलो पटक कोरोना संक्रमित फेला परेको इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय पुरुषको मृत्यु भएको छ ।
भारतको हैदराबादबाट गत २६ गते नेपाल आएर क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका ती पुरुषको गएराती मृत्यु भएको हो । गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी दिए । फोकल पर्सन बरालका अनुसार ती युवामा छाती दुख्ने, ज्वरो आउने र स्वास फेर्न समस्या हुँदै आएको थियो । उहाका अनुसार कोरोनाले अथवा अन्य कारणले मृत्यु भएको पुष्टि रिर्पोट आए हुनेछ । आज पिसिआर रिर्पाट आएपछि सव उठाउने वडा अध्यक्ष लामाले बताए । मृतकको नाम गोप्य राखिएको छ ।
स्वास्थ्यमा समस्या भए पछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती ११ः ५ बजे उनको मृत्यु भएको सूर्योदयन गरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।