मतगणना स्थल व्यवस्थापन शुरू

मतगणना स्थल व्यवस्थापन शुरू


इलाम:मतदानको समय सकिन करिब दुई घण्टा रहदा इलाममा मत गणना स्थलको व्यवस्थापन शुरू भएको छ ।

इलाम निर्वाचन क्षेत्र-२ मत गणना गौतमबुद्ध शुरू गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राती १० बजे सम्ममा मत पेटिका मतगणना स्थलमा ल्याउने लक्ष सहित काम भइरहेको जानकारी दिए ।
अहिलेसम्ममा ४२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ४९ हजार मत खसेको जनाएको छ ।
निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ ।

एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ ।